हिमालय एयरलाइन्सलाई आईएसओ ९००१–२०१५ प्रमाणीकरण

हिमालय एयरलाइन्सले आईएसओ ९००१–२०१५ हासिल गरेको छ ।

यस प्रमाणीकरणले हिमालय एयरलाइन्सको अपरेसन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जिनियरिङ सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफू ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवा निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गरेको दाबी गरेको छ ।

आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो हो ।

हिमालयन एअरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स हो ।

२५ भदौ २०७७, बिहीवार १५:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु