कोराना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलजेमा उपचाररत भरतपुर महानगरपालिका ११ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सञ्‍चार संयोजक हरि बोहोराका अनुसार श्वासप्रश्वास र निमोनियाँबाट ग्रसित उनी भदौ १८ गते अस्पताल भर्ना भएका थिए ।

२१ गते उनको स्वाब परीक्षण गरिएकामा २२ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको उनको आज बिहान १२ बजेर २० मिनेटमा मृत्यु भएको बोहोराले जानकारी दिए ।

२५ भदौ २०७७, बिहीवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु