मेरो प्रगतिको इर्स्या गर्नेहरुले उजुर गरे: प्रस्तावित राजदुत भण्डारी

बेल्जियम र युरोपियन युनियनका लागि प्रस्तावित राजदुत गेहेन्द्रराज भण्डारीले संसदीय सुनुवाई समितिमा आएको उजुरीको खण्डन गरेका छन्।
समितिमा उनीमाथि जापानमा बस्दा गैर कानुनी रुपमा तलब भत्ता लिएको, आयकर नबुझाएको जस्ता उजुरी परेको थियो।
आफु उपर परेको उजुरीमाथि भण्डारीले भने, म परराष्ट्रमा आएको ११ वर्ष भयो।उजुरी हेर्दा छक्क परेको छु।चकित छु। प्रगतितिरको ईर्ष्या गरेको जस्तो लाग्यो । मैले कुनै गढबढी गरेको छैन।
२५ भदौ २०७७, बिहीवार १४:२० बजे प्रकाशित