विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति

कोरोनाका महामारी कारण विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन उडान संख्या बढाइने भएको छ ।

उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले डिसी नेपाललाई जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार अब पीसीआर रिपोर्ट भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्स कम्पनीले थप उडान माग गरेमा सरकारले उडानका लागि अनुमती दिने भएको छ ।

त्यस्तै अबदेखि कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा पनि प्राथमिकताको आधारमा उडान अनुमती दिइनेछ ।

त्यसैगरी श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्ने कामदारका हकमा भने श्रम मन्त्रालयले श्रम गन्तव्य मुलुकमा रहेका नियोगसँगको समन्वयमा उडानको ब्यबस्था गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

नियमित उडान नभएका मुलुकमा पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुका लागि पनि मागअनुसार उडान संख्या थपिने मन्त्री भट्टराईको भनाइ छ।

२५ भदौ २०७७, बिहीवार १५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु