युक्रेन पढ्न जान विद्यार्थीले एनओसी नपाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युक्रेन पढ्न जाने विद्यार्थीहरुलाई दिइने अध्ययन अनुमति पत्र हाललाई स्थगित गरेको छ ।

वैदेशिक अध्ययन अनुमति शाखा केशरमहलले सूचना जारी गर्दै हाललाई युक्रेनमा अवस्थित विश्वविद्यालयहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र एनओसी स्थगन गरिएको जनाएको छ ।

अर्को सूचना नभएसम्मको लागि अध्ययनका लागि युक्रेन जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने काम स्थगन गरिएको शाखाका उपसचि हरिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

२३ माघ २०७८, आइतवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु