टेस्ट बरियतामा पाकस्तिानले भारत र अष्ट्रेलियालाई उछिन्यो

pakistan-team-hd-wallpapersकाठमाडौँ, ७ भदौ । आइसिसीको टेस्ट बरियतामा पाकस्तिान शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्डसंगको पछिल्लो चौथो टेस्ट १० विकेटले जितेपछि भारतलाई पछि पार्दै पाकस्तिान शीर्ष स्थानमा उक्लिएको हो । यसअघि टेस्ट क्रिकेटको नम्बर एक टिम अष्ट्रेलियाले श्रीलंकासंगको चार टेस्ट सिरिज ३–० ले गुमाएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । भारतले वेष्टइण्डिजसंगको चार टेस्ट सिरिज २–० ले जितेपनि दुई टेस्ट बराबरीमा सकिएपछि पाकिस्तान शीर्ष स्थानमा उक्लिने मौका पाएको हो । कुल २५ टेस्ट खेलेको पाकस्तिान १ सय ११ अंकका साथ शीर्ष स्थानमा छ भने समान २५ टेस्ट नै खेलेको भारत १ सय १० अंकका साथ दोश्रो तथा ३६ टेस्ट खेलेको अष्ट्रेलिया १ सय ८ अंकका साथ तेश्रो स्थानमा यथावत छ । यस्तै ४१ टेस्ट खेलेर १ सय ८ अंकका साथ इंग्ल्याण्ड चौथो, ९९ अंकका साथ न्युजिल्याण्ड पाचौ र ९५ अंकका साथ श्रीलंका छैटौ स्थानमा छन । यस्तै ९२ अंकका साथ दक्षिण अफ्रिका सातौ, ६७ अंकका साथ वेष्ट इण्डिज आठौ, ५७ अंकका साथ बंगलादेश नवौ र ८ अंकका साथ जिम्बाबे दशौ स्थानमा छन ।

७ भदौ २०७३, मंगलवार १६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु