बी डिभिजन लिग : बुधबारबाट दोश्रो चरणका खेल हुने
काठमाडौँ, ७ भदौँ । राजधानीमा जारी ‘बी डिभिजन लिग’ अन्तर्गत पहिलो चरणका अन्तिम खेलमा आज श्रीकुमारी र टुसाल युवा क्लव विजयी भएका छन भने महाविर क्लब र बासबारी क्लवले गोलरहित बराबरी खेलेका छन । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा श्रीकुुुुुमारीले च्यासल युवा क्लवलाई २–१ पराजित गरेको हो । श्रीकुमारीको जितमा कुलदिप कार्की र टंक बहादुर सिंम्दानले एक एक गोल गरे भने च्यासलबाट रविन व्यञ्जनकारले एक गोल गरे । यस्तै स्वयम्भुस्थित सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको अर्को खेलमा टुसाल युवा क्लवले पुल्चोक स्र्पोट क्लवलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्यो । पुल्चोकका अजित थापाले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि टुसाल विजयी भएको हो । टुसालको जितमा सुजित गुरुङले २ तथा दिनेश हेम्जन र दोर्जे तामाङले एक एक गोल गरे भने पुल्चोकका लागी तेजेन्द्र पुनले २ तथा मिलन गुरुङ र मन्दिप थापाले एक एक गोल गरे ।
यस्तै आजै भएको अर्को खेलमा महाविर क्लब र बासबारी क्लवले गोलरहित बराबरी खेलेका छन । शसस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन । निर्धारित ९० मिनेट सम्म दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सम्पन्न भएको घोषणा गरिएको थियो । भोलीबाट दोश्रो चरणका खेल शूरु हुनेछन । पहिलो खेलमा हल्चोक मैदानमै खुमलटार युवा क्लब र आरसिटी खेल्नेछन भने दोश्रो खेलमा एनआरटी र मध्यपुर थिमी युथ एशोसियसन भिड्नेछन ।
७ भदौ २०७३, मंगलवार १६:०० बजे प्रकाशित