डोपिङले पारा ओलम्पिकमा रुसी खेलाडी प्रतिबन्धमा

about-russia-sportकाठमाडौँ, ७ भदौँ । अन्तराष्ट्रिय पारा ओलम्पिक कमीटिले रुसलाई पारा ओलम्पिकमा सहभागिता जनाउन अस्वीकार गरेको छ । रुसले डोपिङका कारण प्रतिबन्धमा परेका आफ्ना खेलाडीको सजाय मिनाह गर्न अन्तराष्ट्रिय पारा ओलम्पिक कमीटिलाई आग्रह गरेको थियो । तर अन्तराष्ट्रिय एन्टि डोपिङ एजेन्सी वाडाले कुनै हालतमा पनि रुसी खेलाडीलाई ओलम्पिकमा सहभागी गराउन नहुने भनेपछि अन्तराष्ट्रिय पारा ओलम्पिक कमीटिले सो अपिल खारेज गरिदिएको छ । आगामी सेप्टेम्बर ७ देखि ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुने पारा ओलम्पिकमा अब रुसका कुनै खेलाडी पनि सहभागी हुन पाउनेछैनन ।

वाडाले आफ्ना खेलाडीलाई खेलका क्रममा शक्तिबद्र्धक औषधी डोपिङ प्रयोग गर्न उक्साउने रुसलाई सबै अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै आएको छ । तर अन्तराष्ट्रिय ओलम्पिक कमीटिले लचकता अपनाउदै एथ्लेटिक्सबाहेकका अन्य खेलाडीलाई रियो ओलम्पिकमा सहभागि गराउने निर्णय गरेको थियो । जसमा रुसले १९ स्वर्ण , १८ रजत र १९ कास्य सहित ५६ पदक हात पारेको थियो ।

७ भदौ २०७३, मंगलवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु