सभामुख घर्ती नै नेपालको पहिलो महिला प्रधानमन्त्री !
काठमाडौँ, ७ भदौँ । सभामुख ओनसरी घर्तीले नेपाली महिलाहरुको विकासका लागी देशको प्रमुख कार्यकारी प्रधानमन्त्री पदमा महिला हुनुपर्ने बताएकी छन । माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको एकाई कमीटिले आज पदमकन्या क्याम्पसमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उहाले यस्तो बताएकी हुन ।
राष्ट्रका मुख्य तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिला भएको ज्वलन्त उदाहरण दिदै घर्तीले अब देशको प्रमुख कार्यकारी प्रधानमन्त्री पदमा पनि महिला नै हुनुपर्ने दाबी गरिन । सभामुख घर्तीले सत्तँका लागी दलहरु दुई धु्रवमा बाडिएकाले संविधान कार्यान्वयन जटिल र चुनौतिपूर्ण भएको समेत जिकिर गरिन ।
७ भदौ २०७३, मंगलवार १५:४६ बजे प्रकाशित