एउटै छोराको पनि मृत्यु भएपछि अस्पतालमै तोडफोड
काठमाडौँ, ७ भदौँ । उपचारको क्रममा एकमात्र सन्तानको मृत्यु भएपछि मृतकका आफन्तले राजधानीको बसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालमा तोडफोड गरेका छन् । धर्मस्थलीका साढे ३ वर्षीय बालक बीरकृष्ण महर्जनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको हो । पीडित पक्षले अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै अस्पतालमा ढुंगामुढा गर्दा अस्पतालका झ्यालका सिसा फुटेको छ ।
स्थितीलाइ नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । सामान्य रुघा, ज्वरो र बान्ताबाट पीडित बालक वीरकृष्णलाई हिजो शिक्षण अस्पताल महराजगञ्जमा उपचारका लागि लगिएको तर अस्पतालमा बेड नभएकाले गएराति १ बजे इसान अस्पतालमा लगिएको आफन्तहरुले बताएका छन् ।
७ भदौ २०७३, मंगलवार १५:४३ बजे प्रकाशित