गोसाइकुण्ड हाफ म्याराथनको उपाधि आर्मीका खत्रीलाई

नेपाल आर्मी क्लबका भरत खत्रीले प्रथम टान लाङटाङ गोसाइकुण्ड हाफ म्याराथनको उपाधि जितेका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो ३८ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको हाफ म्याराथनमा आर्मीकै होमलाल श्रेष्ठलाई ५ सेकेन्डले पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा खत्रीले निर्धा्िरत दुरी १ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पुरा गरेका थिए । खत्रीको पहिलो हाफ म्याराथन उपाधि समेत हो । पाच बर्षअघि दौड सुरु गरेको उनले यसअघि केहि हाफ म्याराथनमा सहभागिता जनाएपनि उपाधि जित्न सकेका थिएनन । तर, खत्रीले पाच सय र एक हजार मित्र दौड भने जितेका थिए । “पहिलो उपाधि जित्न पाउदा खुशी छु । यो निकै कठिन दौडमा मैले उपाधि जित्न सके,” उपाधि जितेपछि रामेछापका २८ बर्षका खत्रीले बाह्रखरीसंग भने, “मैले यो उपाधिको लागि करिब एक महिनाबाट तयारी गरेको थिए ।
उपविजेता बनेका होमलाल श्रेष्ठले निर्धा्िरत दुरी १ घण्टा १८ मिनेटमा तय गरेका थिए । अन्तिम डेढ किलोमिटरसम्म चौथो स्थानमा रहेपनि आर्मीका होमलालले गोबिन्द प्रसाद अधिकारीलाई ४२ सेकेन्डले पछि पार्दै दोस्रो स्थान हासिल गरे । तेस्रो भएका जुम्लाका अधिकारीले १ घण्टा १८ मिनेट ४२ सेकेन्डमा पुरा गरे । यस्तै दामोदर बुढामगर चौथो र पासाङ लामा शेर्पा पाचौ भए ।
यस्तै महिलातर्फको उपाधि रसुवाकी फुलमाया स्याङबाले जितिन् । महिला तर्फकै दोस्रो भएकी सिन्धुपाल्चोक मैबुङ्कि कमला तामाङले २ घण्टा १३ मिनेट ५३ सेकेन्डमा पुरा गरिन । यस्तै तेस्रो भएकी बन्दना बिकले २ घण्टा १६ मिनेट १७ सेकेन्डमा पुरा गरिन ।
हाफ म्यााराथनको दुवै स्पर्धाको विजेताले समान ५० हजार प्राप्त गरे । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार २० हजार रुपैया प्राप्त गरे ।

१६ जेठ २०७३, आइतवार ०७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु