दश हजार क्षयरोगीको खोजी

भक्तपुर । जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का कार्यकारी निर्देशक शरण गोपालीले हाल नेपालमा १० हजार क्षयरोगका बिरामीको पहिचान हुन नसकेको बताएका छन ।  नेपाल क्षयरोग निवारण संस्था भक्तपुर र शङ्खधर बचत तथा ऋण सहकारी संस्था लि. थिमिले सहकारी सदस्यका लागि यहाँ आयोजना गरेको क्षयरोग तथा एचआइभी÷एड्ससम्बन्धी कार्यक्रममा उहाँले पहिचान हुन नसकेको क्षयरोगीको खोजी भइरहेको बताए क्षयरोगीको खोजी गरेर उपचारमा ल्याउन सबै सहकारीकर्मीलाई आग्रह गरे । ।
कार्यक्रममा क्षयरोगविज्ञ सुरेश प्रधानले क्षयरोगको बिरामी बढ्नामा एचआइभी÷एड्सले पनि भूमिका खेलेको बताउँदै एचआइभी÷एड्ससँगै क्षयरोगी पनि बढ्दै गएको बताए ।
शङ्खधर साकोसका अध्यक्ष लक्ष्मीभक्त श्रेष्ठ, स्वास्थ्य उपसमितिका संयोजक सरिता श्रेष्ठ लगायतले सहकारीकर्मीले पनि क्षयरोग नियन्त्रणका लागि कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

१६ जेठ २०७३, आइतवार ०७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु