नेविसंघ महाधिवेशन असार अन्तिम हप्ता

Nebishangकाठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन नेविसंघले आउँदो असार अन्तिम हप्ता महाधिवेशन गर्ने तयारी गरेको छ । शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएलगत्तै नेविसंघ लगायत सबै भ्रातृ संगठनहरुको महाधिवेशन भदौ महिनाभित्र गराउने घोषणा गरेका थिए । नेविसंघ, तरुण दल, महिला संघ लगायतका कांग्रेस भ्रातृ संस्थाहरुको महाधिवेशन ०६४ सालयता भएको छैन । महाधिवेशनको मितिबारे छलफल गर्न नेविसंघको तदर्थ समितिको बैठक आउँदो २५ गते बस्दैछ । १ सय २१ सदस्यीय समितिको बैठकमा अध्यक्ष रञ्जित कर्णले असार अन्तिम साता महाधिवेशनको मिति प्रस्ताव गर्ने नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । महाधिवेशन काठमाडौं, पोखरा वा चितवनमध्ये कुनै एक जिल्लामा गराउने तयारी भइरहेको छ । नेविसंघ आउँदो महाधिवेशनबाट संघीयता अनुसारको ढाँचामा जाने छ ।

१६ जेठ २०७३, आइतवार ०७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु