३ किलो कोकिन सहित एक चिनियाँ पक्राउ
काठमाडौं । अवैध रुपमा कोकिनको अन्तराष्ट्रिय कारोबार गर्ने चार जनालाई पक्राउ गरेको साता नबित्दै पुनस् अर्का कारोबारी पक्राउ परेका छन्।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा ठमेलबाट पक्राउ परेका उनको नाम खुल्न नसकेको ब्युरोका एसपी धिरज विक्रम शाहले जानकारी दिए । पक्राउ परेका व्यक्तिको साथबाट करिब ३ केजी कोकिन बरामद गरिएको छ ।
४ दिनअघि पनि २ किलो ६ सय ८३ किलोग्राम कोकिन र करिब १३ लाख रुपैयाँ सहित नेपाली, भारतीय, नाइजेरियन र भेनेजुएलाका नागरिक समातिएका थिए । दुई दिनअघि चिनियाँ महिला दोङदोङ पनि पक्राउ परेकी थिइन् ।
१६ जेठ २०७३, आइतवार ०७:२७ बजे प्रकाशित