यौन सम्पर्क गर्दा-गर्दै पलङ नै भाँचिएपछि यस्तो पर्यो फसाद

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ। सेक्स गर्दा गर्दै पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन्। उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ।

समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए। तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगे।

जोन मार्सलका अनुसार पलङ भाँचिएर भुइँमा बजारिएपछि उनी जुरुक्कै उठे तर क्लेयर भने लडिरहिन्। उनी जोडले हाँसे र क्लेयरलाई उठ्न भने। तर क्लेयर उठ्न सकिनन्। किनकी उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। उनको जिउको माथिल्लो भाग नचल्ने भएको थियो।

सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन्। उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन्। लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ। उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन्। पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ।

२९ भदौ २०७७, सोमवार २३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु