सडकमा नारा ‘कुलमान कुलमान’, मन्त्रिपरिषद् बैठक सुनसान’

नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी प्रमुख नियुक्तिलाई लिएर विगत करिब एक महिनायता सामाजिक सञ्जालदेखि सडकसम्म तातिरहेको छ।

मुलुकलाई दैनिक १८ घण्टाको लोडसेडिङबाट अन्धकारमुक्त बनाएका कुलमान घिसिङलाई निरन्तरता दिनुपर्छ भन्नेमा ब्यापक जनदबाब रहँदै आएपनि पद रिक्त भइसक्दासमेत सरकारले निर्णय गरेको छैन। कुलमानको कार्यकाल आइतबार सकिएको थियो। सोमबारदेखि प्राधिकरणको कार्यकारी प्रमुख पद रिक्त बनेको छ।

सोमबार साँझ मन्त्रिपरिषद् बैठक बसिरहँदा माइतीघरमा स्वतस्तफुर्तरुपमाा जम्मा भएका युवाहरुले कुलमानलाई निरन्तरता दिनुपर्नेमा अघिल्ला दिनमा जसरी आवाज उठाइरहेका थिए। तर मन्त्रिपरिषद् बैठक प्राधिकरणको नयाँ कार्यकारी प्रमुखबारे निर्णय नगरी सकिएको छ।

कुलमानलाई पुनर्नियुक्ति दिनुपर्छ भन्ने आवाज बलियो बनिरहेका बेला सरकारले गरिरहेको यो ढिलाइलाई अर्थपूर्णरुपमा हेरिएको छ।

यसले कुलमानलाई निरन्तरता नदिने सरकारी मनस्थितिको बलियो संकेत गरेको छ। जनदबाब कम हुँदै गएपछि आफुले इच्छाएको व्यक्तिलाई नियुक्त गर्ने सरकारी तयारी रहेको बुझिएको छ।

२९ भदौ २०७७, सोमवार २३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु