बदलिएको मन

sumi darlamiसुमी दर्लामी, भाद्र २०७३। तिमीलाई पनि यसरी हाँस्न आउछ र ?

अरे ! यार यो कस्तो प्रश्न हो ? मलाई चहि हाँस्नै नआउने हो र ? यदि त्यस्तो हो भने त म संसारकै एक अनौठो ब्यक्तिको रुपमा पो गनिनेछु । त्यहि पनि हाँस्न नजान्ने ब्यक्तिको रुपमा । झट् दिमाग्ले यहि सोच्यो र मुस्कुराउदै भने सँसारमा हाँस्न नजान्ने ब्यक्ति को होला र ? बस् यति हो उ अरुको सामु खुलेर हाँस्न चाहान्छ या चाहादैन भन्ने मात्र हो ।

फेरी उसको ओठबाट जोड – जोडको हाँसोको फोहोरा निस्कियो । लाग्छ उ मेरो मोबाईलबाट फुत्त बाहिर निस्केर मेरै अगाडि उभिएर हाँसीकी छे ।
एउटा कुरा भनु ? एउटा होइन हजारौ कुरा भनन आज म सुन्न तयार छु । ल धन्यबाद यति भनेउ । कुरा के भने धेरै समय पछि बल्ल आज तिमी हाँसेको हौ कि क्या हो ? मैले त बास्तवमा तिमी हाँसेको सुनेकै र देखेको पनि थिइन । फोनमा कुरा गर्दा कहिले काँही मुस्कुराएर बोलेको थाहा पाएको छु । आज तिमी हाँसेउ खुशी लाग्यो सधै यसरी हाँसन है । तर तिमी मुस्कुराएको चहि मैले देखेको छु । अनि जब तिमी मुस्कुराउछौ नि एकदमै क्युट देखिन्छौ ।
सायद मलाई हाँस्न आउदैन थियो कि मैले हाँस्नै बिर्सिएको थिए त ? मनमनै सोचे र तत्कालै जबाफ पनि पत्ता लगाए । वास्तबमा मलाई हाँस्न नआउने होइन आँउथ्यो र आँउछ पनि तर म यि समयमा उ सँग खुलेर हाँसिन । सायद त्यहि कारणले उ यसरी मेरो हाँसोमा बहश गरि रहेकी छे । तर सत्य कुरा के भने म आवाज निकालेर कमै हाँस्छु । यो मेरो बचपन देखिकको बानि हो तर हाँस्न त हाँसिनछ नि मुस्कुराएरै भएपनि । उ मेरी पछिल्लो समयमा एक निकट साथी थिइ । सायद मेरो विकटता छाएको पलमा नजिक भएर निकटता प्राप्त गरि । उसलाई मैले मेरो साथीहरुबाट चिनेको थिए । हाम्रो भेट्पनि तिन,चार पटक भएको थियो । पहिला पहिला हामी फोनमा, म्यासेजमा खुबै बोलेको पनि थियौ । तर बिस्तारै हामी बोल्नै छाडेउ फेसबुकबाट पनि अनफ्रेन्ड भइसकेका थियौ ।  यस बिषयमा उसले पनि केहि भनिन र मैले पनि वास्त गरिन । खासै हामी बिच झगडा भएको भने होइन केही सामान्य कुराले गर्दा नै हामी बोल्न छाडेका थियौ । हामी बिचको कनेक्सन टुटेपछि पनि  हाम्रो दुई चोटि भेट् भयो । एकपल्ट म साथीहरुलाई भेट्न जाँदा उ पनि आएकी रहिछ तर हामी खासै बोलेनौ । अझ मैले त हेरदा पनि हेरिन उसलाई राम्रो सँग त्यो पल । त्यो समय एकचोटि उसले  भनेकि थिइ । तिमी म सँग कस्तो बोल्नै नहुने जस्तो गरेको ? र मैले प्रतिउत्तरमा मुस्कुराई दिए । अर्को पटकको भेट भने संमयोगमा भएको थियो । एकदिन म होटलमा दाई सँग चिया पिउदै थिए । अचानक उ म भएको होटलमा आइ साथमा मैले चिनेकै साथीसँग , हाम्रो आइ कनेक्ट भयो मलाई अचानक देखेर उ सायद आश्चर्यमा परि र मेरो नाम लिदै भनि के हो  तिमी पनि यता ? के छ सन्चै छौ ? ठिक्छु तिमीलाई कस्तो छ ? मेरो त झ्न बबाल फिट एण्ड फाइन । ल राम्रो नि त । एकछिन उ र अर्को साथी सँग सामान्य गफ भयो । मलाई अब त्यहा बस्न मन लागेको थिएन सोचे कुन समयमा यो होटल छिरेछु । उ सँग मेरो खासै केही दुश्मनि त थिएन तर पनि खै किन–किन उ देखि मलाई मनै बाट घृणा लाग्दथ्यो । मैले दाईलाई होटलबाट निस्कने इशारा गरे अनि उनिहरु दुबैलाई निस्कन लागेको कुरा बताए । उ भन्दै थिइ एकछिन बसन त हामी आउन साथ जानु पर्ने । कि बस्नु हुन्न हामी सँग ? त्यस्तो होइन हाम्रो काम छ त्यसैले हो । ल जान्छु पछि भेटौला यति भनेर म र दाई त्यहा बाट निस्केयौ । त्यसछि हाम्रो भेट् भएन र सायद अब भेट भयो भने पनि बर्षै पछि हुनेछ । कारण उसले यो देश छोडेर परदेशी भएकी छे ।
एकदिन साँझपख फेसबुकमा न्युजफिड हेर्दै थिए अचानक उसको फ्रेन्ड रिकोयस्ट आयो तर मैले त्यो रिकोयष्टलाई बेवास्ता गरिदिए । त्यो समय लगभग म फेसबुक कम युज गर्ने भईसकेको थिए । जुन पल मलाई कोही हुनु र नहुनुले फरक पर्न छोडेको थियो । खुलाएर भन्दा म प्रेम शोकमा थिए त्यसैकारण पनि मलाई कसैको प्रभाबले छुदैन थियो । मैले सोचेको थिए १,२ दिन उसको फ्रेन्ड रिकोयस्ट स्विकार नगरेपछि आफै क्यान्सील गर्लि भनेर तर मेरो सोचाइ त्यसको उल्टो भयो । एकदिन अफलाइन म्यासेज आयो हाई के छ ? अब मनमा द्धोन्द चल्यो म्यासेज रिप्लाई गरौ नगरौ सँगै फ्रेन्ड रिकोयस्ट पनि बाँकिनै छ । जे जस्तो भएपनि किन ¬¬ठुलो बन्ने र ! फेबुकमा साथी हुदैमा र बोल्दैमा के हुन्छ र ? अखिर हामी बिच केहि दुश्मनि पनि त छैन् । त्यसैले फ्रेन्ड रिकोयस्ट स्विकार गरे र म्यासेजको रिप्लाई दिए ठिक्छ । तिमीलाई कस्तो छ ? प्रतिक्रिया उ पनि ठिक भएको बताई । ति दिन पछि फेसबुकमा उ मेरो फोटोमा लाइक गरिरहन्थी र कहिले काही हामी बिच सामान्य कुराहरु भइरहन्थ्यो । तर पनि पहिलेको जस्तो निकटा भने थिएन् ।
हयपी फ्रेन्डसिप डे ! धेरै समयपछि उसको म्यासेज आयो । फ्रेन्डसिप डे को दिन मैले जबाफमा धन्यबाद र तिमीलाई पनि मित्रता दिवशको शुभकामना ! भनेर म्यासेज पठाए । त्यसको केही समयपछि उसले मलाई म्यासेन्जरमा फोन गरि तर मैले फोन उठाइन किनभने एक त मलाई बोल्ननै गाह्रो लागेको थियो । अर्का कुरा म अफिसमा थिए त्यहि पनि ल्याप्टब बाट फेसबुक चलाइ रहेको थिए । लाउडमा के बोल्नु भनेर फोन आएपनि चुपचाप बसे । तर उसले फेरि पनि फोन गरिरहि तिन चोटि त मैले पिकअप गरिन तर फेरि फ्रेन्डसिप डे को दिन पनि के यस्तो गर्नु भनेर मैले मोबाईलमा वाइफाइ कनेक्ट गरेर कल ब्याक गरे । हेलो हयपी फ्रेन्डसिप डे है किन फोन नउठाएको ? कि हामी सँग बोल्नु हुदैन ? थ्याङ्क्यु एण्ड सेम टु यु त्यस्तो केही होइन ल्याप्टबमा युज गरिरहेको थिए । फेरी अफिसमा छु सो । त्यसपछि हाम्रो कुराहरुको सुरुवात भयो पढाई , काम , जिन्दगी ,घररिवार आदि इत्यादि ।  बेला बेलामा भन्थी हाम्रो यसरी कुरा नभएको धेरै भयो है ? म उत्तरमा अँ हो है भन्थे । एकचोटी त भनिदिए लगभग एक बर्ष पुग्न लाग्यो हाम्रो राम्रो सँग कुरा नभएको । सायद परिस्थिति त्यस्तै थियो । उसले भनि हाली हो नि तर एउटा कुरा चाहि मान्नै पर्छ तिम्रो दिमाग सबै याद रहन्छ है तिमीलाई ।  उम हुन्छ नि तिमीलाई हुदैन र ? नाइ मलाई त्यस्तो याद अलिक हुदैन । थाहा थियो तिम्रो भुत्ते दिमाग  छ । उ जोडले हाँसी र भनि हो त नि ! यस्तै छु मैले जिस्किए र भने खै कस्तो छौ मैले त देखिन नि ? नदेखेकै राम्रो न त ! यस्तै हाँसो मजाक चल्दा चल्दै अचानक उसले मेरी प्रेमिकाको नाम लिदै भनि तिम्रो उसको खबर के छ ? कुरा हुन्छ हुदैन ? सोधी हाले नरिसाउ है ।
म के भनौ हाम्रो सम्बन्ध पुरै टुटेको देखिकि थिइ उसले । म पागल झै भौतारिएर उसको लागि तड्पेको सबै–सबै थाहा पाएकी मान्छे । अझ भन्दा उसैको सानो गल्तिले हाम्रो सम्बन्धको तार चुड्इएको थियो । जुन कहिल्यै नजोडिने गरेर । खैर ति समय के–के भयो भयो सम्झदा पनि डर  लाग्छ । धन्न जिन्दगी बाँचेको छ र यहा सम्म आई  पुगेको छु । अब उसको प्रश्नको उत्तर नदिइ सुख थिएन । झुट बोल्न मनले मानेन र सत्यनै बताए हाम्रो कुरा भएको थियो ।  हुन्छ पनि कहिले काही तर किन सोधेको ? यतिकै हो तिमी मलाई अझै नराम्रो सोच्छौ है ? मेरो कारणले तिम्रो ब्रेक अप भयो है ? सरि यार ।खै के भनौ म ! सबै तिमीलाई थाहा होला जे भयो भयो । यो सब कुरा नगर अब फाइदानै छैन् । मैले कति बिन्ती बिसाउदा पनि तिमीले मेरो कुरा मानेनौ र उ जो मेरी प्रेमीका उसले पनि सुनिन अरुकै कुराको पछि लागि जे हुनु भइगो । उ आज अरु सितनै खुशि छे त्यहिनै मेरो लागि ठुलो छ । दोष मेरो नै हो तिमीहरुको होइन किनभने जे गुमाउनु त मैले गुमाए । जति पिडा भोग्नु थियो मैले भोगे अखिर म नै त मरिमरि बाँचे नि । न तिमीले , न उसलेनै बुझि तिमीलाई त के भो र ! जे भनेपनि तर उसलेनै बुझन पर्ने थियो । सत्यता के हो भन्ने तर उसले बुझिन भनौ या बुझ्न चाहिन । मलाई यति कुराले दुख लाग्छ कि तिमीले उसलाई मात्र एकपल्ट साचो कुरा भनेको भए आजपनि हाम्रो प्रेम सम्बन्ध छुट्ने थिएन । मेरो जीवनको पहिलो प्रेम , मेरो खुशी , मेरो जिन्दगीको सपना टुटेर छरपस्ट हुने थिएन । खैर जे हुनु भइगो छाड यि सब कुराहरु । तिमी अहिले पनि त्यतिकै माया गर्छौ ? अरे तिमी पनि के–के सोध्छौ यार भनेर के फाइदा हुन्छ ? हुन त केही हुदैन तर पनि भनन अझै माया गर्छौ ? माया त माया हो नि जे जस्तो भएपनि सबै आफ्नो ठाँउमा छ यार । भनेपछि अझै उस्तै छौ कि क्या हो ? बिलकुलै छैन् धेरै कुराले जीबनमा फड्को मरिसकेको छ । धेरैथारै उसलाई हेर्ने मायालु नजर परर्बित भएको छ । गुड अघि बढ त्यो भन्दा राम्रो मान्छे पाँउछौ जिन्दगीमा । सायद म यहिको प्रतिक्षमा हुनेछु  । ढोका कसैले ढक ढक्याको आवाज आयो ढोका तर्फ आँखा डोराए अफिसको म सँगैको डिपार्टमा काम गर्ने दाई हुनु हुँदो रहेछ ।  मैले ढोका खोलिदिए अब कुरा गर्ने बाताबरण थिएन । हामी लगभग तिन घन्टा जति  बोलिसकेको थियौ । धन्न दाई अफिसियल कामले गर्दा बहिर जानु भएको थियो र यतिका समय कुरा गर्ने अबसर मिल्यो । नत्र कहा यस्तो कुरा गर्न सकिन्थ्यो र ! सुनन पछि कुरा गरौला है काम पर्यौ । उसले हुन्छ भनि र मैले फोन राखिदिए ।
ति दिनपछि  हाम्रो गफगाफ च्याटमा भन्दा पनि प्रत्यक्ष कलमा हुन थाल्यो । र आजपनि भइरहेको छ । त्यसैले त उ मेरौ हाँसोलाई कुनै बिषय बनाएर बहश गरिरहेकी छे । उसले अब थाहा पाइसकेकी छे म पहिला जस्तो छैन् भनेर । मेरो बदलिएको मनको आभास सायद उसले गरिसेकी होली । प्राय हरेक कुरा खुलेर भन्छे अनि घरि–घरि त्यहि कुरा म हुँ है दोषी ! अनि म हाँस्दै भन्छु हो हो तिमीनै हो । यस्तै केही कुरामा म जोडले हाँसेको थिए । अनि त्यहि कुरामा उसको प्रश्न आएको थियो । वास्तबमा मैले हाँस्न भुलेकोनै थिए । मैले बितेको एक बर्ष पुरै प्रेम शोकमा बिताए । मैले कहिल्यै मननैबाट हाँस्न सकिन कतिको सामु आँशु लुकाएर हाँसोको अभिनय गरे,कति लाई भने आँशुनै देखाए  । पागलझै भएर डिप्पे्रशनमा समेत परे , कहिले त आत्मा हत्या समेत गर्न खोजे तर साथीहरले म बाट ति काम हुन दिएनन् । त्यतिबेला मलाई धेरै कुराले अल्झायो । धेरैले धेरै थरिका उदाहरुण सहित सम्झए तर पनि कसैको केही लागेको थिएन । कतिले मुर्ख समेत भने किनकी म सधै भन्थे म उसलाई नै पर्खेर बस्छु अनि उ जस्तो सुबै परिस्थितिमा फर्के पनि स्विकार गर्ने छु । सजिलै भुल्न कहा सकिन्छ त जे भएपनि आफुले माया गरेको मान्छे । आफ्नो ज्यानको भन्दा ज्यादा माया लागेर आउदो रहेछ । तर बिस्तारै त्यो घाँउ निको हुदै गयो । जस्तै कुनै रुखमा लागेको घाँउ बिस्तारै बसन्तको आगमन सँगै पुरिदै गएको झै भयो । खुशीनै छु उ बिना त्यसैले त आज ठिक ठाँउमा छु जस्तो लाग्छ । आजकल मेरी प्रेमीका प्रतिको त्यो भुत उत्रिएको छ । म साथीहरु सँग खुलेर कुरा गर्छु हाँस्छु , रमाउछु । कहिलेकाही साथीहरु जिस्कदै भन्छन् यदि तिमीले ज्यान फालेको भए कहाँ यस्तो दिन देख्न पाउथ्यो । अझैपनि त्यहि केटी चाहियो कि ? र भन्छु बजारको सामान हो र चाहिन्छ भन्न साथ पाइने तर यदि सक्छौ भने ल्यइदिए हुन्छ नि त ! अनि फेरी हाँसोको पानीकोझै ठुलो बर्षात हुन्छ । जे होस् धन्य छ ति मेरा मित्रहरुलाई जसले मलाई हरेको पल साथ दिएर मेरो मन स्थिर ठाँउमा ल्याउन मदत गरे ।
कहिले मिलन , कहिले बिछोड कथा जिन्दगीको । तर हामीले हर परिस्थितिको सामना गर्दै डुबेको घाम हेरेर भोलीको दिनको प्रतिक्ष गर्न सक्नुपर्छ । आजभोली हरेक साना–साना कुरामा खुशी मिल्छ । एक्लै बस्दा रमाउने यो मन सबै सँगै रमाउछ । कहिले काही त म कोही सँग प्रेम सम्बन्धमा थिए भन्ने कुरा समेत बिर्सन्छु । जब मेरो ओठमा मुस्कान देखेर मेरा घरपरिवार आफन्त र साथीहरु खुशी भएको देख्छु । झन् त्यो पल मेरो तिमीसँग हराएका खुशीहरु भेटाउछु । त्यसैले त हिजोका दिनहरुमा म जति दुखी थिए त्यो भन्दा दोब्बर आज खुशि छु । कसैले तिम्रो बारेमा कुरा गर्दा आँशु झर्ने यो आँखमा पनि आजभोली अर्को नौलो चमक देखिन्छ । धेरै दिनको बर्षातपछि खुलेको आकाश जस्तो । आजभोली म ति ओइलिएर झरेको फुलमा पनि अर्को नयाँ कोपिलाको आँगमन देख्छु । मध्यानको चर्को घाममा पनि शितलता आभास भेट्छु । सायद यहि होला मेरो “बदलिएको मन ” ।।

१९ भदौ २०७३, आइतवार ०९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु