असफल प्रेमका बिच स्वीटको आशा र मेरो खोजी
जसका लागी मैले मेरो घरपरिवार ६ /७ बर्ष देखी त्यागेर काम गर्दै बसेको छु । जसको लागी यो सब गरे आज उसले छाड्यो घर जाउँ, जाने बाटो छैन् । नेपाल कसरी जाउ थाहा छैन् । मर्न मात्र मन लाग्छ त्यो भन्दा अर्को बाटो पनि छैन् । सिस यत्ति जान्न मन छ ।
अहिलेको यो परिबशमा हामी सबै सामाजिक सन्जालसँग निकट छौँ । त्यसमा पनि बिशेष फेसबुक जो हामी मध्य धेरैलाई यसको बारेमा जानकारी छ । यो सँगको सम्बन्धको निकटतामा पनि छौ । कसैले यसको सहि सदुपयोग त कसैले दुरुपयोग गरेर भएपनि यसमा घन्टौ समय खर्चेका छन । फेसबुकमा प्राय सबैको चिनेको नचिनेको अनि देशबिदेशको धेरै थरीका साथी हुने गर्छन् । जसको आ आफ्नै बिशेषता र पहिचान छ । जे जस्तो भएपनि हामी यो भुर्चुअल संसारमा आफ्नै हिसाबले रमेका छौ ।
फेसबुकमा कोहि नचिनेकै भए पनि सहजताका साथ खुलेर कुरा गर्छन् त कोहि चिनेकै भए पनि कोहि अपरिचित झै गरि बोल्न हिचकिचाउ छन् । यसै मध्य म पनि पर्छु कोही संग खुलेर कुरा गर्छु कोही सँग हाई/हलो जे जस्तो भए पनि यो आत्मियता निकट छ ।
केहि समय अगाडि म दैनिक रुपमा १६ देखी १८ घन्टा अनलाईनमा हुन्थे । म एक रेडियो कर्मि थिए त्यस्मा पनि प्राबिधिक शाखामा मेरो काम थियो यसै कारण पनि मेरो कम्युटर अनि इन्टरनेट संग निकट सम्बन्ध थयो ।
फेसबुकमा हजार भन्दा बढी साथीहरु छन् । त्यसमा अलिक बढि नेपाली अनि युरोपियन र केही गल्फ कन्ट्रीका लोकल, प्राय म बिदेशी त्यहिका लोक्ल साथीहरु सँग धेरै नै बोल्छु । उनिहरुको देशको बारे सोध्नु र मेरो देशको बारेमा बताउछु । यस्तै बानि परेको थियो ।
एक दिनको कुरा हो साँझको समय थियो ७ बजेको समाचार साथी पढ्दै थिइन र म प्रबिधिक रुपमा साथ दिदै थिए, सँगसँगै म सधा झै अनलाइनमै थिए । स्कुलको साथीहरु सँग ग्रपमा कुरा गर्दै थिँए ।
हाई शिस त्यसै बेला एउटा म्यासेज आयो,एक बिदेशी नाम बाट जस्को नाम मिलटोभ स्विट थियो । उहाँ सँग मेरो लगभग एकबर्ष देखिको सम्बन्ध थियो । उहाँ मलाई बहिनी र म उहाँलाई दिदीको नाताले सम्बोधन ग¥थ्यौँ । । जुन नाता फेसबुकले जुराएको हो । उनको खास घर इन्डोएसिया हो तर रोजगारको शिलशिलामा दुबैमा लगभग ७÷८ बर्ष देखि बस्दै आउनु भएको थियो ।
मैले नि म्यसेजको रिप्लाइ पठाए हेलो शिस त्यसपछि कुराको निरन्तरता एक अर्को खबर सोधपुछ नयाँ नौलो आदी इत्यादी त्यसपछि हाम्रो कुराकानि सकियो । त्यसपछि दुबै मौन । केहि समयपछि फेरी म्यासेज आयो, आर यु फ्रि ? काम त गर्दै थिए तर पनि जबाफ दिए फ्रिनै छु । सँगै प्रति प्रश्न किन सिस ? रिप्लायमा मलाई एउटा सहयोग गर्नु सक्नुहुन्छ सिस ? तर यदि काममा बेस्त हो भने पछि कुनैदिन भनुला उनले भनिन सायद केही महत्वपुर्ण कुरा नै भन्न खोजे जस्तो मलाई लाग्यो फेरी मैले भने के काम हो सकेको म गर्छु आजै भन्दा हुन्छ म सँग समय छ । धन्यबाद मेरो यति सहयोग गर्दिनु भयो भने म जीबनभर बिर्सने छैन यस्तै भन्दै थिइन् । तर काम के हो अझै भन्न सङ्गकोच माने झै लाग्यो । मैले भने हुन्छ म सकेको सहयोग गर्छु काम के हो ?
जबाफमा ः म यहा बस्दै गर्दा एउटा नेपालबाट कामको लागी आएको एक केटा सँग प्रेम सम्बन्ध भयो । हामी दुबै एकअर्कालाई असाध्यै माया ग¥थ्यौँ । जब उ सँग प्रेम सम्बन्ध भयो त्यो प्रेम हामी दुईको इच्छा अनुसार बिबाहमा परिणत भयो । त्यसपछि मलाई उसले २०१० तिर नेपाल पनि लिएर गयो । त्यहाँ मैले उसको घरपरिवार लगाएत सम्पुर्णलाई भेटे, चिनजान भयो । सायद हाम्रो बारे सबै उसको घरपरिवारलाई थाहा थियो । हामी नेपाल छुटिमा गएका थियौ र केही समयपछि कामको लागी फर्कियौँ । सब ठिकठाक नै काम चलेकै थियोे तर अहिले हाम्रो सम्बन्ध बिग्रिएको छ । २०१५ दशैमा उ नेपाल जाने भयो म नि जाने भनेको लान मानेन पछि जानु भन्ने कुरा गर्यो तर कुरा के भने नेपाल गएपछि उसले त्यहि ठाँउको केटि सँग बिबाह गरेकोे भन्यो । म अन्यौलमा परे केही सोच्नै सकिन अनि बिबाहको फोटो पठाउन कति अनुरोध गरे तर पटक्कै मानेन । मलाई बिश्वास लाग्दैन उसले मलाई कसरी छाड्न सक्छ उसले मलाई धेरै माया गर्छ । तर फेरी नपत्याउ पनि कसरी ? स्वयम आफैले भनेको छ । मैले किन यस्तो गरेको भन्दा घरपरिवार आफन्तले कराए एक बिदेशी केटी सँग बिबाह गरेर के गर्छस् , जसले यहा आएर केही गर्न सक्दैन । यस्तै कुराहरुले जबर्जस्ती गरे बाध्यताले बिबाह गरे भन्दै रुन्छ । म के भनु के गरु अन्योलमा छु । म माथी यत्रो अन्याय भएको छ । जसका लागी मैले मेरो घरपरिवार ६÷७ बर्ष देखी त्यागेर यतै काम गर्दै बसेको छु । जसको लागी यो सब गरे आज उसले छाड्यो घर जाउ जाने बाटो छैन् । नेपाल कसरी जाउ थाहा छैन् । मर्न मात्र मन लाग्छ त्यो भन्दा अर्को बाटो पनि छैन् । सिस यति जान्न मन छ, उसले साच्चै अर्को बिबाह गरेको हो होइन यदि गरेको हो भने उसको नयाँ श्रीमति को रहेछ हाम्रो सम्बन्धको बारेमा थाहा थियो या थिएन ? अनि उसको परिवारलाई यति सोध्न मन छ सबै कुरा थाहा पाएर पनि किन यस्तो ब्यबहार गरेको म माथी ? त्यसैले सिस हजुरले पहिला उसको बिबाह भएको हो होइन पत्ता लगाइदिनु होस् बिन्ती यति गरिदिनुहोस् ।
यो सब म्यासेज पढ्दा पढ्दै म के भनु के गर्नुमा पुगीसकेको थिए । त्यो हालत देखेर मैले भने चिन्ता नगर्नु म कोसिस गर्छु । यति भन्दा सायद केही राहत मिल्यो होला एक ब्यक्ति जो फेसबुकमा भेटेर यति बिश्वासको साथ आफ्नो समस्या भन्दै थिइ अझ एक आशाको साथ म कसरी सक्दिन भन्न सक्छु । यदि मैले कोसिस गर्छु भनेर एक शब्द बोल्दा कसैको बाच्ने आशा जाग्छ भने म किन नभनु, मैले नाम, घरको ठेगाना मागे उसले दिइ सँगै हालसालै जो सँग बिबाह भयो थाहा नपाए पनि शँकामा ति युवति हो कि भनेर एक युवतिको नाम पनि बताइन कारण उनको प्रेमी ति युवति सँग बढिनै नजिक थिए रे अनि मिलोभले पनि नेपाल आउदा त्यो युवति सँग भेटेको बताइन । तर मिलोभको प्रेमी र ति युवतीको जात एकै थियो अनि मैले भने कोही आफन्त होला कसरी त्यहि युवती सँग बिबाह गरेको हो भन्ने सिस ? हुन सक्छ आफन्त पनि तर केहि कारणले गर्दा उनि सँगै बिबाह भएको हो कि भन्ने शका गरेको हो बास्तविकता त केहि थाहा छैन् । उनको प्रेमी, घरपरिवार र ति युवतीको फोटो पनि पठाइ युवती एक नेपाली मोडल सिँगर पनि हो भन्दै थिइ उ , तर म कसरी चिन्नु को हो ? तर पनि सक्दिन भन्न सकिन अब पो मलाई फसाद पर्यो । एक छिन् सोचे के गरेर पत्ता लगाउने । फेसबुकमा खोज्छु, साथी बन्न आग्रह गर्छु भन्ने लागेको छ । तर स्वीटको आशा र मेरो खोजी अन्योलमै ।
२८ असार २०७७, आइतवार ११:११ बजे प्रकाशित














