भुमहीमा वृक्षारोपण

नवलपरासी । पश्चिम नवलपरासीको भुमहीमा वृक्षारोपण गरीएको छ ।

सुनवल १२ भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी परीसरमा आज एक कार्यक्रमका बिच करीब २ सय विरुवा रोपिएको हो । सुनवल नगरपालीकाले उपलब्ध गराएको विरुवा रोपिएको रामनगर तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रसिक्षक धमेन्द्र अग्रहरीले जानकारी दिए । भुमही खोलाले क्षेती पुर्याएको जमिनलाई अथक प्रयासपछि खेलमैदानमा परीणत गरीएकाले त्यस क्षेत्रको संरक्षणकालागि वृक्षारोपणगरीएको बताइएको छ ।

खेलकुद हबको रुपमा विकास भईरहेको सिर्जनाटोलामा रहेको करीब ४ विगाह जमिनमा विरुवा रोपिएको हो । खोला किनारमा रहेको मैदान संरक्षणगर्न नगरपालिका सधै सकृय रहेको वृक्षारोपण कार्यक्रमका प्रमुख अथिति तथा सुनवल नगरपालीकाका उपप्रमृख दधिराम अर्यालले बताउनुभयो ।खेलकुदसंगै वातावरण संरक्षणमा युवाहरु लाग्नु सकारात्मक भएको उनको भनाइ छ ।

आज विभिन्न जातका २ सय विरुवा रोपिएको र आगामि दिनमापनि वातावरणमैत्री नगर निर्माणमा सकृयता देखाउने एकेडेमीका अध्यक्ष अग्रहरीले बताए

२७ असार २०७७, शनिवार १६:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु