कविता : मान्छे र मान्छेका सपनाहरू

मान्छे र मान्छेका सपनाहरू
बग्रेल्ती छन् मान्छेका सपनाहरू
छरपस्ट छन् मान्छेका सपनाहरू
बेबारिसे छन् मान्छेका सपनाहरू
अनियंत्रित ,अस्वभाविक, अव्यवस्थित

अनि,
अव्यबहारिक ,अमर्यादित ,असुहाउदित
अप्रासंगिक छन् मान्छेका सपनाहरू
हो हामी कहाँ अहिले सपनाका खेती मौलाइ रहेको छ
सपनाको उत्पादन बढिरहेको छ
सपनाको बाली सप्रीरहेको छ
आजकाल मान्छेहरु नयाँ नयाँ सपना देख्न थालेका छन्

अह
सपना देख्न कुनै नियम छैन
सपना देख्न कुनै परिधि छैन
सपना देख्ने कुनै दायरा छैन
हो आज मान्छेहरू असीमित सपनाहरू देखिरहेका छन्
मानौं सपनाको कारखाना खोलेर
सपनाको उत्पादन गरि

सपनाको करोडौं अर्बौं कारोबार
गर्न खोजिरहेका छन्
हो हजुर अचेल
सपना देख्न कुनै रात कुर्न पर्दैन
सपना देख्न कुनै विहान कुर्न पर्दैन
सपना देख्न कुनै उत्सव कुर्न पर्दैन
सपना देख्न कुनै ढंग पुर्याउनु पर्दैन

मान्छेले सित्तैमा सस्ता सस्ता
काल्पनिक सपना देखिरहेका छन्
हुन त सपना कुनै निकायमा दर्ता गर्न पर्दैन
सपना करमा वा भ्याटमा दर्ता गर्न पर्दैन
सपनाको कर तिर्न पर्दैन

सपनाको कुनै मुल्यांकन वा परिक्षा हुँदैन
सपनाको कुनै संश्लेषण हुँदैन
सपनाको कुनै विश्लेषण हुँदैन
हो मान्छे हरु यस्ता यस्ता सपना देख्ने गर्छन्
त्यस्ता त्यस्ता सपना देख्ने गर्छन्
हो हजुर कस्ता कस्ता सपना देख्ने गर्छन्

सपना देख्ने सङ्ग मेरो गुनासो छैन
कसैको सपना प्रति मेरो चासो छैन
सपना देख्ने प्रति मेरो हासो छैन
हो मान्छे हरु ताल बेतालका सपना देख्ने गर्छन्
हाल बेहालका सपना देख्ने गर्छन्
गाल बेगालका सपना देख्ने गर्छन्

जति सपना देख्छन्
त्यति नै सपना साकार पार्ने केही गर्दैनन्
सपना साकार पार्न सिन्को नभाच्ने
अनि नानाथरी ,नानाभाती सपना देख्ने
हामी आधुनिक मान्छे अनि हाम्रो आधुनिक सपना
काल्पनिक सपना ।

१३ भदौ २०७७, शनिवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु