४ लाखको मदन पुरस्कारुको सूचीमा सात किताब

मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ।

गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको जनाएको छ।

मनोनयन सूचीमा पर्न सफल कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुकु, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूहु, भुवन ढुङ्गानाको ‘परित्यक्ताु, शारदा शर्माको ‘यात्रामा योगी धर्ममहारसको महारसनिघण्टु ९१–३०, ललित विष्टको ‘मोहपथु र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ छन्।

यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।

२२ साउन २०७७, बिहीवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु