नेकपा एकता भंगको फैसला गर्ने न्यायाधीशका सहोदर दाजु लोकसेवा आयोगको अध्यक्षमा सिफारिस
प्रधानमन्त्री ओलीले नेकपा विभाजनको फैसलाको गुन तिरेको टिप्पणी

सर्बोच्च अदालतबाट नेकपा एकता भंग भएको फैसला गर्ने न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु माधव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् ।
आइतबार संबैधानिक परिषदको बैठकले आयोग अध्यक्षमा सिफारिस गरेका रेग्मी २३ फागुन २०७७ मा नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् ।
फागुन २३ मा रेग्मीको इजालसले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकता भंग गरेको थियो ।
फेरि एकता गर्ने भए १५ दिन भित्र निर्वाचन आयोग जान भनेको थियो । तर, नेकपा एकता पुन गर्ने भनेर दुबै दल निर्वाचन आयोग गएनन् ।
बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फैसला पुनरावलोकनका लागि सर्बोच्च गएका थिए । तर सर्बोच्चले पुनरावलोकन गर्न अस्विकार गरिदियो ।
अन्तत नेकपा एकता भंग भयो । त्यही एकता भंग गर्ने फैसला गर्ने रेग्मीका दाजु लोकसेवा आयोग अध्यक्षमा सिफारिस भएका छन ।
संबैधानिक परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ ।
सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई संवैधानिक आयोगको अध्यक्षमा नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तिरेको टिप्पणीसमेत गर्दछन् ।
२६ वैशाख २०७८, आइतवार १५:५७ बजे प्रकाशित