देउवाको कोटाबाट समेत लोकसेवा आयोगमा केही सदस्य सिफारिस !

संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटाबाट समेत केही सदस्य लोकसेवा आयोगमा सिफारिस गरेको स्रोतले जनाएको छ ।

रित्त, अंगहरुममा नाम सिफारिस गरेको भएपनि सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने जनाएको छ ।

विपक्षी दलका नेता देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको कोटाबाट समेत केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।

परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् ।

परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए ।

बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भएपछि परिषदको बैठक बसेर नाम सिफारिस गरेको हो ।

२६ वैशाख २०७८, आइतवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु