‘प्रचण्ड, वैद्य, बाबुराम र विप्लव एक हुने समय आयो’

विभाजित भएर गल्ती गर्यौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु, मोहन वैद्य, बाबुराम र विप्लव एक हुने समय आएको बताएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसंगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।

प्रचण्डले माओवादी आन्दोलनको चर्चा गर्दै त्यसबेलाका सहयात्री मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताए।

‘मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव पनि चिन्तित हुनुहुन्छ, अब फेरि एकचोटी एक हुने समय आउन खोजेको देख्छु म’, प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने ।

सबै जनासँग नै बेला बेला कुरा भइरहेको बताउँदै प्रचण्डले ‘विभाजित भएर गल्ती गर्यौं, प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता हामी सबैलाई छ।’ भने्का छन् ।

प्रचण्डले पूर्व माओवादी खेमालाई एकतामा आउन अपिल पनि गरे ।

एक अनलाइनसंगको अन्र्तवार्तामा प्रचण्डले भने, ‘साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि एकतामा आउनुपर्ने हो ? त्यसकारण एकतामा आउन अपिल गर्दछु ।’

२६ फागुन २०७७, बुधवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु