केपीलाई सत्ताबाट गलहत्याउने ध्यय छ : उपेन्द्र यादव (अन्तर्वार्ता)
‘जसपा एक ढिक्कै रहन्छ, कोही भ्रममा नपरे हुन्छ’

२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी र वर्तमान सरकारका बीचमा कुनै किसिमको सहकार्य हुन नसक्ने बताएका छन् ।
‘वर्तमान सरकारसंगको सत्ता सहकार्यबारे राखेको जिज्ञासमा उनले भने, ‘अहिलेको सरकारको कुरा नगरौं । अहिलेको सरकारसंग कुनै किसिमको सहकार्य र सहयात्रा हुन सक्दैन् ।’
सरकारमा जान मुद्वा मिल्नुपर्ने त्यो वर्तमान सरकारसंग नमिल्ने अध्यक्ष यादवको भनाई छ ।
अध्यक्ष यादवसंगको छोटो कुराकानी :
बदलिँदो राजनीतिक परिवेशमा जसपाको अबको रणनीति के हो ?
असंवैधानिक कदम उठाउने र असंवैधानिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने जसपाको रणनीति हुनेछ ।
सरकारमा जाने हल्ला छ नि ?
सरकारमा जाने नजाने कुरा बेग्लै हो । तर, प्रतिगमनकारी शक्ति, लोकतन्त्र विरोधी, संघीयताविरोधी शक्तिलाई सत्ताबाट हटाउन नै हाम्रो पार्टीको मूल ध्येय हो ।
संसदीय दलको बैठकबाट मुद्वा मिल्ने जो कोहीसंग सहकार्य गर्ने निर्णय गर्नुभएको थियो । यसबारे प्रधानमन्त्री ओलीसंग के हुन्छ ?
सहकार्य गर्नका लागि मुद्वा मिल्नुपर्छ । उहाँ केपी ओलीसंग हाम्रो मुद्वा मिल्दैन ।
वार्ताको लागि कार्यदल नै बनाउनु भयो हैन र ?
कार्यदल बनेको कुरा गर्नका लागि हो । रेशम चौधरीको रिहाई र मुद्वा खारेजीको लागि केही साथी कुरा गर्न जानुभएको हो । त्यति मात्रै हो । त्यसलाई त्यो भन्दा बढी अरु केही पनि होइन त्यो ।
जसपालाई प्रधानमन्त्रीको अफर आयो भने के गर्नुहुन्छ ?
जजसपालाई प्रधानमन्त्रीको अफर कल्ले गर्छ रु कस्ता कस्ता बसिराख्या छन् ।
अब तपाईंहरुको सहकार्य को संग त ?
हामीहरु लोकतन्त्र, संघीय गणतन्त्र रक्षाका लागि संघीयता पक्षधर शक्तिहरुसंग सहकार्य गर्न सक्छौं । जसले हाम्रा मुद्वाहरु मधेशका मुद्वाहरुलाई सर्मथन गर्दछ, संविधान संशोधनलाई अगाडि बढाउँछ ती शक्तिहरुसंग सहकार्य गर्ने हो ।
त्यो शक्ति एमाले हुन सक्दैन ?
सक्दैन । हामीले भनेको त्यो शक्ति नेकपा एमाले होईन । विगतदेखि हामीले अहिलेसम्म जाँच परख टेष्ट गरेर व्यवहारमा हेरिसक्यौं ।
अब प्रचण्ड प्रधानमन्त्रीमा कसलाई समर्थन गर्ने, प्रचण्डलाई कि कांग्रेस सभापतिलाई ?
को आउनुहुन्छ , हामी ओपन हो । हाम्रो कुरा कल्ले सुन्छ, हाम्रो मुद्वाहरु कल्ले बुझ्छ त्यो महत्वपुर्ण कुरा हो ।
अहिलेकै सरकारमा जाने हल्ला पनि छ ..
अहिलेको सरकारको कुरा नगरौं । अहिलेको सरकारसंग कुनै किसिमको सहकार्य सहयात्रा हुन सक्दैन् ।
जसपालाई फुटाएर भए पनि केपी शर्मा ओलीले बहुमत पुर्याउने भन्ने छ त ?
त्यस्तो घृणित कार्य गरेर यो मुलुकलाई के उपलब्धी हुन्छ रु त्यो त अनैतिक कार्य भयो । अनैतिक कार्य गरेर देश र जनताको हित गर्नु भनने नसोचे हुन्छ ।
जसपा फुट्दैन भन्ने के ज्ञारेण्टी छ ?
हाम्रो पार्टी फुट्दैन । हाम्रो पार्टी एक ढिक्का छ, एक ढिक्कै रहन्छ । पार्टी फुट्दैन । कोही भ्रममा नपरे हुन्छ ।
सरकारमा जाने विषयले तपाईंहरुको पार्टीमा समस्या ल्यायो जस्तो छ । कार्यदल गठन गर्दा अर्का अध्यक्षले सोध्नु नै भएन छ है ?
अध्यक्षले निर्णय गर्दाखेरि कमिनिकेट सल्लाह नहुन सक्छ । पछि उहाँले राख्नुभयो कुरा सकिगयो नि । त्यो विषय कुनै सरोकारको विषय रहेन ।
२६ फागुन २०७७, बुधवार १९:३७ बजे प्रकाशित