मैले चुनावमा जाँदा पार्टी छैन, चिह्न छैन भन्न मिल्छ र ? : प्रधानमन्त्री

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगे । भन्नलाई विषय थियो– निर्वाचनको तयारी बुझ्नु । तर, उदेश्य अर्कै थियो– निर्वाचन आयोगमा रहेको नेकपा विवादको आधिकारिता सम्बन्धी विवादको विषय अब अगाडि नबढाउनु ।
स्रोतका अनुसार आयोग पुगेर ओलीले भनेका छन्, ‘पार्टी एकता गर्दा पनि सूर्य चिह्न राख्ने समझदारी प्रचण्डले भत्काए । अब जे जे भए पनि मैले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिह्न नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र ?’
निर्वाचन आयोगलाई नेकपा विवादमा अगाडि नबढ्न भनेर थ्रेट दिन आयोग ओली पुगेका हुन भन्नुको पछाडि अन्य केही तथ्यहरु पनि फेला परेका छन् ।
प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका साथै सुवासचन्द्र नेम्वाङ पनि आयोग पुगेका थिए । यी नेताहरुलाई ओली समूहले पार्टीको आधिकारिता विवादको सबै टुंगो लगाउने जिम्मेवारी दिएको छ । जिम्मेवारी लिएका नेताहरुलाई लिएर के प्रधानमन्त्री ओली आफैं निर्वाचन आयोगमा पुग्दा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आधिकारिता विवादबारे कुरा भएन रु भयो ।
प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुसँग नेकपाको आधिकारिकता विवादबारे कुरा गरेको पाइएको छ ।
स्रोतका अनुसार आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै प्रधानमन्त्री केपी ओलीले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताएका छन् ।
पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उनले भने, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता ग¥यौं । एकताको प्रक्रिया टुंगिन पाएको थिएन, फेरि दुर्भाग्यपूर्ण अवस्था आयो ।’
आयोगले माघ ११ मा नेकपाबारे निर्णय लिइसकेकाले अब निर्वाचनभन्दा अरुतिर ध्यान नदिन ओलीले आग्रहसमेत गरे । त्यो दिन आयोगले पुस ५ यताको दुवै समूहले गरेको दावी अमान्य हुने निर्णय गरेको थियो । तर प्रचण्ड–माधव समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार, वैधानिकता दावी गर्दै पत्र बुझाएको छ ।
यसबारे आयोग अध्ययनमै रहेका बेला प्रधानमन्त्री पुगेर त्यसमा नअल्झिन आग्रह गरेका छन् ।
भेटमा सहभागी ओली समूहका नेता सुवास नेम्वाङले पनि निर्वाचनको तयारीबारे बुझ्न जाँदा पार्टी वैधानिकताबारे थोरै कुराकानी भएको बताए । ‘कुरा हुँदै जाँदा निर्वाचन चिह्नबारे ९प्रधानमन्त्रीले० थोरै बोल्नुभयो, तर यसै प्रयोजनका लागि गएको होइन’, उनले भने ।
आयोग पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले ६४ प्रतिशत बहुमत भएको अवस्थामा आफूले संसद भंग गर्ने निर्णय गरेकाले निर्वाचन हुन्छ भन्नेमा ढुक्क भएर अगाडि बढ्न आग्रह गरे । निर्वाचन गर्न आवश्यक सबै सहयोग सरकारले गर्ने भन्दै उनले आयोगले ढिलाइ गर्न नहुने बताए ।
२७ माघ २०७७, मंगलवार १७:३८ बजे प्रकाशित