प्रचण्डसंग मिलेर नयाँ पार्टी बनाउने बाबुराम भट्टराईको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तरद्वन्द चर्किएका बेला जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसंग मिलेर नयाँ पार्टी बनाउने प्रस्ताव गरेका छन् ।

आइतबार बिहान प्रचण्ड संग भएको टेलीफोन कुराकानीमा भट्टराईले यस्तो प्रस्ताव राखेको जनाइएको छ ।

आइतबार भट्टराईले प्रचण्डलाई फोन गरेका हुन । स्रोतका अनुसार डा.भट्टराई र प्रचण्डबीच करिब आधा घण्टा कुराकानी भयो ।

त्यसक्रममा डा.भट्टराईले प्रचण्डलाई नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान सहेर नबस्न पनि सुझाव दिएका छन् ।

यसको जवाफ प्रचण्डले डा. भट्टराईलाई नदिएको पनि जनाइएको छ ।

दुबै नेता पूर्व माओवादीमा पहिलो र दोस्रो वरियतामा रहेर लामो समय संगै राजनीति गरेका व्यक्ति हुन् । १० वर्षे सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियाको अन्तिम चरणसम्म पनि सँगै पार्टीमा बसेर प्रचण्डसँग सहकार्य गरेका भट्टराई संविधान जारी भएलगत्तै पार्टी परित्याग गरेर नयाँ शक्ति गठनको अभियानमा जुटेका थिए।

प्रचण्डलाई बाबुरामको फोन, ओलीको अपमान सहेर नबस्न सुझाव

त्यसपछि दुई नेताबीच लामोे समयसम्म आरोप- प्रत्यारोप चलेको थियो।

हाल डा. भट्टराई जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष छन् ।

पुराना सहयात्री प्रचण्ड र भट्टराई केही समय अघि संगै मञ्चमा देखा परेका थिए । प्रचण्ड र भट्टराई दुवैले आफूहरु मिल्ने परिस्थिति आएकोे बताएका थिए। अहिलेसम्मका राजनीतिक उपलब्धि जोगाउन आफूहरुको सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो।

प्रचण्डले आफूहरुलाई एकअर्काको भावना बुझ्न कठिन नभएको भन्दै सहकार्यको आवश्यकता औल्याए। प्रचण्डले विमतिकाबीच पनि सहमतिको विन्दु भेटिने विश्वास व्यक्त गरे ।

प्रचण्डले सहकार्यको कुरा गरेपछि बाबुरामले पनि सोही आशयको भनाइ राखेका थिए।

बाबुरामले हालसम्म प्राप्त ऐतिहासिक उपलब्धि रक्षाका लागि आफूहरुबीच सहकार्य हुने बताएका थिए।

१६ कात्तिक २०७७, आइतवार १९:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु