गोकुल बास्कोटा भन्छन्- व्यापारिक स्वार्थमा अडेको नेकपा एकता समाधान भैहाल्छ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्र उत्पन्न भएको संकटलाई ठूलो रुपमा लिएका छैनन् ।
उनले सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो संकट मान्नु भन्दै प्रश्न उठाएका छन् ।
उनले भनेका छन्, ‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि।वेकारको हल्ला।’
१६ कात्तिक २०७७, आइतवार १८:०६ बजे प्रकाशित