प्रचण्डलाई नसोधी उनका मन्त्री हेरफेर गर्ने ओलीको तयारी

टोपवहादुर, हरिबोल र प्रभु साहलाई मन्त्री बनाएर वर्षमान, बिना र रामेश्वरलाई बिदा गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनमा पूर्व माओवादीतर्फका मन्त्रीहरु पनि आफैंले हेरफेर गर्नेसम्मको योजना बनाएको निकट स्रोतले जनाएको छ ।

टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साह लगायतलाई मन्त्री बनाएर वर्षमान पुन, बिना मगर, रामेश्वर राय लगायतलाई बिदा गर्ने सम्भावना रहेको ओली निकट नेताहरु बताउँछन ।

पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा छलफल

उनले केही माधव नेपाल निकट सांसदलाई पनि मन्त्री बनाउदैछन । त्यसो गर्दा संसदीय दलमा ओली बलियो हुनेछन । हाल नेकपाका प्रतिनिधिसभामा एक सय ७४ सांसदमध्ये पूर्व एमालेका एक सय एक्काईस सांसद छन । तीमध्ये ७९ जना ओली पक्षमा खुलेका छन । संसदीय दलमा बहुमतका लागि दुवै सदनका गरी एक सय बाह सांसद आवश्यक पर्छ ।

वर्षमान पुन र बिना मगरलाई मन्त्रीबाट हटाउने तयारी

ओलीसँग राष्टियसभामा एकतीस सांसद छन । साविक माओवादी वाहेक नै बहुमत नजिक रहेका अ‍ोलीले मन्त्रिपरिषद पुनर्गठन गरी पूर्व माओवादी कोटाबाट आफैंले मन्त्री छानेर दलमा सुविधाजनक बहुमतमा बस्न खोजेको बताइएको छ ।

टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई मन्त्री बनाइँदै

ओली पक्षले प्रदेश एक र बाग्मतीको सरकार जोगाउन प्रचण्डसँग असन्तुष्ट माओवादीसँग सहकार्य गर्ने रणनीति समेत बनाएको छ । असन्तुस्ट पक्षले साथ दिएको खण्डमा ती प्रदेश सरकार जोगिनेछन । प्रचण्ड माधव नेपाल पक्षले प्रदेश एक र बाग्मतीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन सांसदहरुको हस्ताक्षर गराइसकेको छ ।

कोरोनामा हात उठाए सरकार फालिदिन्छौ : झलनाथ खनाल

 

१२ कात्तिक २०७७, बुधवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु