पूर्वमाओवादी तर्फका मन्त्री फिर्ता बोलाउने प्रचण्डको चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी तर्फका मन्त्रीलाई फिर्ता बोलाउने चेतावनी दिएका छन् ।

खासगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा नेकपा सचिवालय बैठक स्थगित गरेपछि प्रचण्डले यस्तो चेतावनी दिएको स्रोतले बतायो ।

‘बैठक स्थगित भएपछि ओलीसँग प्रचण्डको संवाद भएको छ । संवादका क्रममा प्रचण्डले ओलीलाई ‘पेलेरै जाने हो, अहिलेकै अवस्था रहिरहने हो भने मन्त्री फिर्ता बोलाउनुपर्ने अवस्था आउन सक्छ’ भनेर भन्नुभयो’ एक नेताले भने ।

बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेको थियो । त्यसपछि नेकपाभित्र बढेको छ । विवाद साम्य पार्न बैठक डाकिएको बताईएको थियो ।

केपी ओलीले एकतर्फी रोके नेकपा सचिवालय बैठक

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मिएको हो । त्यसपछि सचिवालय बैठक माग भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नियुक्ति गर्दा स्थायी समितिको भावना विपरित नियुक्ति गरेको भन्दै सोही पार्टीका अर्का अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको काम कार्वाही प्रति बैठकमा चर्को असन्तुष्टि राख्ने तयारी गरेपछी बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आज शनिबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको थियो । स्थगित बैठक आइतबार पुनः ४ बजे बस्ने तय भएको छ ।

१७ असोज २०७७, शनिवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु