केपी ओलीले एकतर्फी रोके नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज शनिबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

स्थगित बैठक आइतबार पुनः ४ बजे बस्ने तय भएको छ ।

बिहीबार मात्रै सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र बढेको विवाद साम्य पार्न बैठक डाकिएको बताईएको थियो ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मेपछि सचिवालय बैठक माग भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नियुक्ति गर्दा स्थायी समितिको भावना विपरित नियुक्ति गरेको भन्दै सोही पार्टीका अर्का अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको काम कार्वाही प्रति बैठकमा चर्को असन्तुष्टि राख्ने तयारी गरेपछी बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

१७ असोज २०७७, शनिवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु