नेपाली गीतमा विकिनी अवतार, निर्मल क्षेत्रीले गरे रोमान्स (भिडियोसहित)
गीत निकै रोमान्टिक खालको छ । सुन्दा भलगर पनि लाग्न सक्छ । अलिक फरक भएको हुनाले भलगर नै लाग्नु स्वभाविकै भएको गायक तथा मोडल निर्मल क्षेत्रीले बताएका छन् ।
गीत ‘बालै फरर’ क्षेत्रीले केही दिनअघि मात्र सार्वजनिक गरेका हुन् ।
गीत सार्वजनिक गर्नु अगावै विकिनीको निकै चर्चा भएको थीयो । किनकी उनले गीतमा मोडललार्ई विल्कुल फरक अवतारमा उतारेका छन् ।
त्यही विकिनी अवतारले निकै चर्चा पाइरहेको छ । ‘बालै फरर’मा क्षेत्री स्वयंमकै शब्द, संगीत तथा स्वर रहेको छ । जसमा क्षेत्रीलाई गायिका बविना किँरातीले स्वरमा साथ दिएकी छिन् । ‘बालै फरर’ लाई याम थापा मगरले संगीत संयोजन गरेका छन् ।
गीतलाई मारुनी रेकर्ड स्टुडियोमा सुमन रानाले रेकर्ड गरेका हुने भने मिक्सिङ तथा मास्टरीङ कुमार रानाले गरेका हुन् । गीतको म्युजिक भिडियो निर्मल क्षेत्रीकै निर्देशनमा तयार भएको हो ।
जसमा निर्मलका साथमा विकिनी भेषकी सरु धिमाल, यमुना रसाइली र साथीहरुको नृत्य तथा अभिनय रहेको छ । जसलाई दीपक गीरीले छायाँङ्कन र अमृृत चापागाईँले सम्पादन गरेका छन् ।
१७ असोज २०७७, शनिवार १२:४६ बजे प्रकाशित





