‘मोहन वैद्य, बाबुराम र विप्लव एक हुने समय आउँदैछ’
प्रचण्ड भन्छन्- हामीले विभाजित भएर गल्ती गर्यौं

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य, बाबुराम र विप्लव एक हुने आफुले देखेको बताएका छन् ।
पत्रकार भूषण दाहालको ब्रेभा डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले माओवादी आन्दोलनको चर्चा गर्दै प्रचण्डले त्यसबेलाका सहयात्री मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताए।
‘मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव पनि चिन्तित हुनुहुन्छ, अब फेरि एकचोटी एक हुने समय आउन खोजेको देख्छु म’,
तीन जनासँग नै बेला बेला कुरा भइरहेको बताउँदै प्रचण्डले भने, ‘हामीले विभाजित भएर गल्ती गर्यौं, प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता हामी सबैलाई छ।’
४ भदौ २०७७, बिहीवार ०८:०४ बजे प्रकाशित