एमसीसी समझदारी बन्ने दिशातिर छ : प्रचण्ड

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी समझदारी बन्ने दिशातिर रहेको बताएका छन् ।

पत्रकार भूषण दाहालको ब्रेभा डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले भने, ‘एमसीसीको विषयमा पनि समझदारी बन्ने दिशातिर अगाडि बढेको छ ।’

खासगरी सत्तारुढ नेकपामै विवाद भएका कारण एमसीसीबारे निर्णय हुन सकेको छैन् ।

पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने नै अहिलेको मुख्य बहस हो भन्दै प्रचण्डले कार्यदलले ल्याउने सुझावमा छलफल भएपछि मात्रै के हुन्छ भन्ने प्रष्ट हुने बताए।

उनले पदका लागि पार्टी एकता नभएको र आफ्नो ध्यान पद त्याग्नेतिर रहेको भन्दै पार्टीभित्रको विवाद समाधान भएपछि एमसीसीका विषयमा समझदारी बन्ने उल्लेख गरे ।

४ भदौ २०७७, बिहीवार ०८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु