महान्यायाधीवक्ता कार्कीद्धारा राजिनामा
काठमाडौँ, १९ फागनु । महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले आफ्नो बमंगलबार राजीनामा दिएका छन्।
महान्यायाधीवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले मंगलबारकै मितिबाट उनको राजीनामा स्वीकृत गरेकी छिन्। महान्यायाधीवक्ता कार्कीले आफ्नो पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ।
साथै राष्ट्रपति भण्डारीले महान्यायाधीवक्ता कार्कीलाई उक्त पदमा रही कार्यसम्पादन गर्नु भएको प्रति धन्यवादसमेत व्यक्त गरेकी छिन्। वर्तमान सरकारले नै कार्कीलाई महान्यायाधीवक्तामा नियुक्त गरेको थियो।
१९ फागुन २०७२, बुधवार ००:२७ बजे प्रकाशित