कांग्रेस महाधिवेशनमा बिहारका नीतिशकुमार आउने
काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुन भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकह आउने भएका छन् ।
विहारका मुख्यमन्त्री नितीश कुमार पनि आउने भएका छन् । बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनु तथा लाओस, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइला लगायत महाधिवेशनमा सहभागी हुने कांग्रेस अन्तर्राष्ट्रिय विभागका प्रमुख सुजाता कोइरालाले बताइन् ।
महाधिवेशनमा लाओस, कम्बोडिया तथा भारतका विभिन्न दलका नेताले पनि महाधिवेशनमा सहभागिता जनाउने जानकारी दिएको उहाँले बताउनुभयो ।
भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, भारतीय कम्युनिस्ट पार्टीका नेता लगायत नेपाली काँग्रेसका शुभेच्छुक प्रतिनिधि राजधानी आउने नेत्री कोइरालाले जानकारी दिइन् ।
काँग्रेसको महाधिवेशन फागुन २० गतेदेखि हुँदैछ । उदघाटन समारोह खुलामञ्चमा हुनेछ ।
१९ फागुन २०७२, बुधवार ००:३२ बजे प्रकाशित