स्मार्ट ड्राइभिङ लाइसेन्स कार्यान्वयन भएन
काठमाडौँ, १९ फागुन । गत मंसिर १४ देखि लागू भएको स्मार्ट ड्राइभिङ लाइसेन्स नियमनका लागि आवश्यक प्रविधि यातायात व्यवस्था विभागले हालसम्म उपलब्ध गराएको छैन ।
स्मार्ट लाइसेन्स लागू भए लगत्तै ट्राफिक प्रहरीलाई उपलब्ध गराउनुपर्ने लाइसेनसम्बन्धी सफ्टवेयरको लिंक र रिड गर्ने मेसिन विभागले दिन नसकेको समाचार छ । यसले नियमनमा समस्या देखिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
तर, विभागले भने सबै काम अन्तिम चरणमा पुगेकाले अबको एक सातामा ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्सको सफ्टवेयर लिंक उपलब्ध गराउने दाबी गरेको छ ।
लाइसेन्स स्मार्ट भए पनि उक्त लाइसेन्स बाहकले मादक पदार्थ सेवन वा अन्य नियम उलंघन गरे ट्राफिकले निवेदनमार्फत विभागलाई कारबाहीको सिफारिस गरिरहेको छ ।
मंसिर १४ यता यतायात व्यवस्था कार्यलय बागमतीले साढे ७ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ ।
१९ फागुन २०७२, बुधवार ००:२४ बजे प्रकाशित