बिबाहित जोडीले मात्रै सेक्स गर्न पाउने, अविबाहितलाई प्रतिवन्ध

कोरोना भाइरसको संक्रमण बढ्ने चिन्ता

कोरोनाभाइरसको प्रसार रोक्न बेलायतमा गरिएको नयाँ बन्दाबन्दीमा अपरिचित बीच हुने आकस्मिक यौन अभ्यासमा नयाँ प्रतिबन्ध लगाइएको छ ।

अपरिचित जोडी बीच सहमति भइ हुने आकस्मिक यौन अभ्यास बेलायतमा वैधानिक अभ्यासको रूपमा प्रचलनमा रहेकोमा यो प्रतिबनध लगाइएको हो ।यसलाई क्याजुअल सेक्सको रूपमा बुझिने गरिन्छ ।

घरधनीका घर बाहिर सुत्नेहरूसँग यौन पिपासुहरूले गर्ने यौन सम्बन्ध बनाउने लकडाउनको उल्लंघन मानिने गरी प्रतिबन्ध लगाइएको छ ।

यसअघि लगाइएको यो प्रतिबन्धमा रहन गएको खुकुलोपनलाई कठोर बनाइएको छ ।

सँगै नबस्ने बेलायती जोडी पनि यो प्रतिबन्धको घेरामा पुगेका छन । बेलायतमा यस्ता आकस्मिक यौन अभ्यासले कोरोना प्रसारमा बृद्धि भएकोले सरकारले प्रतिबन्ध लगाएको जनाएको हो ।

यो प्रतिबन्धबाट बेलायतका करिब २ करोड ६७ लाख मानिसबीचको यौनप्रेरित प्रेमसम्बन्धमा रोक लाग्न पुगेको अनुमान गरिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जनसनका प्रवक्ताले शुक्रबार भने “लकडाउनको यी मापदण्डहरूको उद्देश्य घरधनीहरूबाट हुने कोरोना प्रसारको शृंखलालाई भङ्ग गर्नु रहेको छ ।”

यसअघि स्थापित सम्बन्धबीच यौन अभ्यासलाई अनुमति दिइएकाले यस्ता अभ्यास पूर्णरूपमा नरोकिएकोले यो कडाइ गरिएको बुझिएको छ ।

१ कात्तिक २०७७, शनिवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु