पीसीआर जाँचमा निजी क्षेत्रको सिन्डिकेट, सरकार मुकदर्शक 

सरकारीको कोराना परीक्षण रिर्पाट विदेशलीले नपत्याउने तर्क

हिमालय एयरलाइन्सले साउदी अरबिया जाने कामदारको पीसीआर परीक्षण सुरिया हेल्थ केयर प्रालीबाहेक अन्यत्र गरे रिपोर्टलाई मान्यता नै दिँदैन। अन्य देश जानका लागि पनि उसैले तोकेका तीन वटा प्रयोगशालाबाटै परीक्षण गर्नुपर्छ। जबकि, सरकारले ६२ वटा प्रयोगशालालाई मान्यता दिएको छ।

अर्घाखाँचीका सजित ९नाम परिवर्तन० शुक्रबार बिहान करीब ८ बजे पीसीआर जाँचका लागि तीनकुनेस्थित कान्तिपुर अस्पतालको प्रांगणमा लाइनमा उभिए। लाइनमा उभिन भौतिक दूरी कायम गरिएको थिएन। बरु लाइनमै ठेलमठेल भइरहेको थियो। बल्ल दुई घण्टापछि उनको स्वाब दिने पालो आयो।

सजित वैदेशिक रोजगारीका लागि शनिबार साउदी अरब उड्दैछन्। तर, विश्वभर फैलिएको कोरोना महामारीका कारण उनलाई अरु वेला जस्तो पासपोर्ट, हवाइ टिकट जस्ता कागजात भएर मात्र पुग्दैन। उनले विमानस्थलमा कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट पनि बुझाउनुपर्छ।

तर, स्वाब संकलन गर्ने ठाउँको अव्यवस्थाले उनलाई त्यहाँबाट झनै कोरोना संक्रमण हुने डर भयो। प्रयोगशालाहरुले स्वाब संकलन गर्ने ठाउँमा स्वास्थ्यका आधारभूत मापदण्ड पालना गर्ने व्यवस्था मिलाउन नसक्दा ती ठाउँहरु कोरोना संक्रमणको हब बन्ने जोखिम बढेको छ।

अजितको स्वाब कान्तिपुर अस्पतालले लिए पनि परीक्षण लाजिम्पाटस्थित सुरिया हेल्थ केयर प्रालिमा हुन्छ। सुरियाले कान्तिपुर अस्पताललाई स्वाब संकलन गर्ने केन्द्र बनाएको हो। सुरियाले यस्ता धेरै ठाउँलाई स्वाब परीक्षणको केन्द्र बनाएको छ।

अजितलाई सुरिया हेल्थ केयर प्रालीमा नै स्वाब परीक्षण गर्न हिमालयन एयरलाइन्सले बाध्य पारेको हो। उनले साउदी जान त्यही एयरलाइन्सबाट टिकट काटेकाले बिहीबार उडानबारे बुझ्न फोन गरका थिए। त्यहाँका कर्मचारीले साउदी उड्नका लागि सुरियाबाटै कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट चाहिने बताए। सरकारले मान्यता दिएका अन्य प्रयोगशालाको रिपोर्ट नमान्ने बताएपछि उनी सुरियामा नै जान बाध्य भए।

उनले कोरोना परीक्षण बापत सुरियालाई रु।२ हजार शुल्क बुझाए। हिमालयन एयरलाइन्सले उनी जस्तै साउदी जाने हरेक कामदारलाई सुरियाबाटै परिक्षण गरेको रिपोर्ट हुनुपर्ने भन्दै ‘सिन्डिकेट’ खडा गरेको छ।

साउदी जान चार दिनअघि हिमालयन एयरलाइन्समा सम्पर्क गरेका एक अर्का कामदारलाई पनि त्यहाँका कर्मचारीले सुरियाबाट परीक्षण गरेको रिपोर्टलाई मात्र मान्यता दिने बताएका थिए। त्यसपछि उनले सुरियाबाट नै परीक्षण गराए। उनी अहिले साउदी पुगिसकेका छन्।

हिमालयन एयरलाइन्सले साउदी जानेका लागि सुरियाले जाँचेको कोरोना नेगेटिभ आएको रिपोर्टलाई अनिवार्य गरे पनि अन्य देशका लागि भने फरक–फरक नीजि ल्याब तोकेको छ।

ग्राहक बनेर हिमालयन एयरलाइन्सको वेभसाइटमा विदेश जानका लागि चाहिने कागजातबारे बुझ्न राखिएको मोबाइन नम्बरमा सम्पर्क गर्दा तोकिएको नीजि प्रयोगशालाबाट मात्र कोरोना परीक्षण गर्नुपर्ने बताइएको छ। एयरलाइन्सका ती कर्मचारीले भने, “भोलि जाँदै हुनुहुन्छ भने आज बिहान गएर पीसीआर गर्नुपर्छ। ह्याम्स, केएमसी काठमाडौं मेडिकल कलेज वा स्टार अस्पतालबाट कोरोना परीक्षण गर्नुपर्छ। तपाईं ललितपुरबाट हो भने सानेपा नजिक पर्छ, त्यहाँ स्टार अस्पताल छ। त्यसैबाट परीक्षण गराएर ल्याउनुहोस्।”

सरकारी प्रयोगशालाबाट गर्न किन नमिल्ने भन्ने प्रश्नमा ती कर्मचारी झोक्किए।

उनले भने, “किन लामो कुरा गर्नुपयो ? अरु सबैले ती तीन वटामध्ये एउटा ल्याबबाट गरिरहेका छन्। अरु ल्याबले डिजिटल रिपोर्ट नदिने भएकाले तीमध्ये एउटाबाट गर्नुहोस्। रेट दुई हजार नै हो। त्यसैले मैले भनेका निजी ल्याबबाटै परिक्षण गर्नुहोस्। उनीहरुले बाहिर पत्याउने खालको रिपोर्ट दिन्छन्, त्यही भएर होे।”

ललितपुरस्थित स्टार अस्पतालका प्रबन्ध निर्देशक डा सइल रुपाखेतीले आफ्नो प्रयोगशालामार्फत कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आएर बिहीबार साउदी जान हिडेँका २५ देखि ३० कामदारलाई हिमालयन एयरलाइन्सले विमानस्थलबाट फर्कादिएको बताउँछन्। त्यसको कारण आफुले थाहा पाउन नसकेको उको भनाइ छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण रिपोर्ट पनि नहुने उनले बताए। टेकुको प्रयोगशालाबाट गर्दा किन नहुने भन्ने प्रश्नमा ती कर्मचारीले भने, “त्यसो नगरौँ सर। अहिले म एउटा काममा छु। पछि कुरा गरौँ।”

ललितपुरस्थित स्टार अस्पतालका प्रबन्ध निर्देशक डा सइल रुपाखेतीले आफ्नो प्रयोगशालामार्फत कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आएर बिहीबार साउदी जान हिडेँका २५ देखि ३० कामदारलाई हिमालयन एयरलाइन्सले विमानस्थलबाट फर्कादिएको बताउँछन्। त्यसको कारण आफुले थाहा पाउन नसकेको उनको भनाइ छ। “हिजो कामदारहरुले हामीलाई एक्कासी फोन गरेर किन जान नमिल्ने रिपार्ट दिनुभएको भनेर गुनासो गरे,” डा। रुपाखेती भन्छन्, “उक्त एयरलाइन्सले कामदारलाई सुरियाबाट परीक्षण गर्न भनेपछि उनीहरुले त्यतै परीक्षण गरेछन्।”

गएको १३ अक्टोबर ९२७ असोज० मा काठमाडौंस्थित साउदी अरब दूतावासले गल्फ कोअपरेसन काउन्सिल ९जीसीसी० स्टेट्सबाट मान्यता नपाएका कुनै पनि स्वास्थ्य संस्थाबाट पीसीआर परिक्षण नगर्न जारी गरेको सूचना फेला परेको छ। उक्त सूचना अनुसार जीसीसी हेल्थ काउन्सिलबाट मान्यता पाएको सुरियाबाट मात्र कोरोना परिक्षण गरेर साउदी जान मिल्ने भनिएको छ।

निरिह सरकारी निकाय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले विदेश जाने कामदारको कोरोना परीक्षणमा भइरहेको प्रयोगशाला–एयरलाइन्स सिन्डीकेटबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई कारबाही गर्न अनुरोध गरे पनि कारबाही प्रक्रिया अघि नबढेको बताएको छ। पर्यटन मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले एयरलाइन्स कम्पनीले निश्चित ल्याबको रिपोर्ट मात्र मान्ने गरी सिन्डीकेट गरेकोबारे आफुहरुलाई जानकारी नभएको बताए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि दूतावासकै संलग्नतामा विदेश जाने कामदारको कोरोना परीक्षणमा भइरहेको सिन्डिकेटबारे आफूलाई जानकारी नभएको बताइन्। यसबारे बुझेर मात्र भन्न सक्ने उनले बताइन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मन्त्रालयले स्वीकृति दिएका ल्याबमध्ये कुनै एकबाट विदेश जाने कामदारले आफ्नो रोजाई अनुसार कोेरोना परीक्षण गर्न सक्ने बताउँछन्। “यदि एयरलाइन्स कम्पनीले कुनै निश्चित ल्याबबाट मात्र परीक्षण गराउन भन्छ भने त्यो कार्टेलिङ हो,” डा। गौतमले भने, “यस्तो काम गर्न पाइदैन।” विदेश जाने कामदारको कोरोना परिक्षणमा भइरहेको सिन्डिकेटबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी वा निवेदन नआएको उनको भनाइ छ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि नेउपाने पनि साउदी जाने कामदारको पीसीआर परीक्षणमा भइरहेको सिन्डीकेटबारे आफुहरुलाई जानकारी नै नभएको बताउँछन्। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ३० असोजसम्ममा ६२ वटा प्रयोगशालालाई कोरोना जाँच गर्न अनुमति दिएको छ।

तर, वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षणमा एयरलाइनस, ल्याब र दूतावासबीच मिलेमतोमै सिन्डिकेट भइरहेको छ। यसलाई नियन्त्रण गर्न सरकारी निकाय असफल देखिएका छन्।

 

१ कात्तिक २०७७, शनिवार १०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु