सिंहदरबार–सर्वोच्च तोडफोड प्रकरण : ४६ जनाविरुद्ध मुद्दा दर्ता
भदौ २३ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।
जेन जी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गरेको आरोपमा ४६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
काठमाडौँ जिल्ला अदालतका अनुसार ३६ जनाविरुद्ध सार्वजनिक संस्थामाथि आक्रमण गरेको अभियोगमा आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो।
गत भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी निकायमा तोडफोड भएको थियो। देशभरका प्रहरी कार्यालय पनि प्रभावित बने।
त्यसैगरी कान्तिपुर पब्लिकेशन्स, चन्द्रागिरि हिल्स र गैरआवासीय नेपाली उपेन्द्र महतोको निजी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा थप १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
भदौ २३ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।
त्यसको भोलिपल्ट देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो। दुई दिनमा ठूलो मानवीय र भौतिक क्षति भयो।
घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिएको छ।
यो पनि पढ्नुहोस्
जाँचबुझ आयोग प्रतिवेदन कुर्दै जेनजी, निश्पक्षताप्रति सर्वोच्च अदालतकै शंका
१९ फागुन २०८२, मंगलवार २३:३८ बजे प्रकाशित












