राष्ट्रपतिले पुस १७ गते बोलाइन् राष्ट्रियसभा बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् ।

राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।

राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।

सरकारको सिफारिसमा भएको सो कदमको अहिले चौतर्फी आलोचना भएको छ भने सोही कारण सत्तारुढ नेकपा विभाजित बनेको छ ।

१२ पुस २०७७, आइतवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु