ओलीले विषको भाँडो माथि अमृत देखाएको भट्टराईको टिप्पणी

जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई सुझाएका छन् ।

संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउन घोषणा गरेका होइनन् ।’

संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले कांग्रेसले आफू ठूलो दल हुने आस गरेको होला तर त्यसो हुन नसक्ने बताए ।

राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले स्मरण गराए ।

भट्टराईले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनःस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने बताए । भट्टराईले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको टिप्पणी गरे ।

उनले भने, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।’

सबैलाई एकमत भएर सडकमा आउनै पर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको पछिल्लो कदम अलोकतान्त्रिक भएको जनाउँदै उनले भने, ‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् ।

गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन् ।’

उनले अदालतप्रति झिनो आसामात्रै रहेको बताए । भने, ‘हामी सडकबाटै संसद् पुनःस्थापना गर्ने हो । न्यायाधीशप्रति सम्मान छ । तर केपी ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेका छन् । त्यही भएर सडक आन्दोलनको विकल्प छैन ।’

भट्टराईले दाहाल र नेपाललाई कित्ता क्लियर गर्न पनि सुझाए । भने, ‘ओली सुध्रिएर आए सँगै लान्छौं भन्ने अब छोड्नुपर्छ ।’

सभामुखले प्रतिनिधिसभा बोलाउन पर्ने र विघटन गर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बोलाउन पर्छ । संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’

१२ पुस २०७७, आइतवार १६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु