नेपालमा थप ५०० जनामा कोरोना संक्रमित, ३ जनाको मृत्यु, ८४० संक्रमित मुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार ७४९ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बितेको २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोना संक्रमित पुष्टी भएको थियो भने ८४० संक्रमित निको भएका छन् ।
योसँगै हाल नेपालमा कोरोना निको हुनेको कूल संख्या २ लाख ४९ हजार १३२ पुगेको छ भने कोरोना पुष्टी हुनेको कूल संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या एक हजार ८१९ पुगेको छ ।
नेपालमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या घटेको छ ।
१२ पुस २०७७, आइतवार १६:३८ बजे प्रकाशित