धोनीको कप्तानीमा आईसीसीको ओडिआई टिम अफ दी डिकेड, कुन कुन खेलाडी परे?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ओडीआई टिम अफ दी डिकेड (दशकको उत्कृष्ट एकदिवसीय टिम) सार्वजनिक गरेको छ।
आईसीसीले बनाएको टिममा भारतीय ब्याट्सम्यान रोहित शर्मादेखि श्रीलंकन बलर लाथिस मालिङ्गासम्मका खेलाडीहरु परेका छन्।
यस्तो छ आईसीसीले जारी गरेको ओडिआई टिम अफ दी डिकेड
रोहित शर्मा, डेभिड वार्नर, विराट कोहली, एबी डिभिलियर्स, शकिब अल हसन, महेन्द्रसिंह धोनी (कप्तान विकेटकिपर), बेन स्टोक्स, मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, इमरान ताहिर र लाथिस मालिङ्गा
त्यस्तै आईसीसीले महिलातर्फ पनि दशकको उत्कृष्ट एकदिवसीय टिम बनाएको छ।
कोको छन् टिममा ?
एलिसा हेली, सुजी बेट्स, मिथाली राज, मेग लेनिङ, स्टेफानी टेयलर, सारा टेयलर, एलिस पेरी, डेन भान निएकेर्क, मारिजान्नी काप, झुलन गोस्वामी, अनिसा मोहम्मद
१२ पुस २०७७, आइतवार १६:२३ बजे प्रकाशित