सेयर बजार घट्यो क्रममा

सेयर बजार आज पनि घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से करिब ४० अंकले घटेको हो ।
यो सँगै परिसूचक लगाता ३ दिनदेखि घट्दो क्रममा छ । आइतबार बजार ३९ ९८ प्रतिशतले अंकले घट्दा परिसूचक फेरि २ हजारभन्दा तल झरेको छ ।
आइतबार बजार १ हजार ९ सय ९८ दशमलव ६५ अंकमा सीमित भएको हो । आजको बजारमा ४ अर्ब ६६ करोडको कारोबार भयो ।
आजको बजारमा कारोबार भएका १ सय ७५ कम्पनीमध्ये १ सय ४२ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।
बजारमा आज सबै सूचक तथा उपसूचक घटेको छ । जीवन बीमा क्षेत्रमा छ । निर्जीवन बीमा र अन्य क्षेत्रमा पनि २ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।
१२ पुस २०७७, आइतवार १६:०६ बजे प्रकाशित