के अब बामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन हुन्छ ?

गौत्तमले भन्दै आएका छन्– अब प्रधानमन्त्री हुने पालो मेरो हो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने भएसँगै एउटा प्रश्न उठेको छ– के अब बामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन हुन्छ ? ।

यो प्रश्न किन पनि उठेको हो भने यसअघि बामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्ने चर्चा यसअघि कै हो ।

बामदेवलाई प्रधानमन्त्री बनाउन कै लागि संविधान संशोधन गर्ने भनेको भनेर यसअघि नै पनि आलोचना भएको थियो ।

उनी पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् । उनकै भाषामा अब उनलाई देशको नेतृत्व गर्ने रहर छ ।

प्रधानमन्त्री बन्ने चाहना छ । त्यसका लागि प्रतिनिधि सभा सदस्य हुनुपर्छ ।

गत चुनावमा उनी प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । पराजयका बाबजुत गौत्तमले प्रधानमन्त्री हुने चाहना राख्दै आएका छन् ।

वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय

उनले सार्वजनिक रुपमै भन्दै आएका छन्– अब प्रधानमन्त्री हुने पालो मेरो हो

माओवादीलाई शान्ति प्रकृयामा ल्याउने कुरामा, दुई पार्टी एकता गर्ने कुरामा र राष्ट्रियताको मुद्धामा उनी निकै अडान राख्ने पात्रका रुपमा छवि बनाएका छन् । उनले महाकाली सन्धीको विरोध गर्दै ०५४ सालमा पार्टी समेत फुटाएर माले बनाए पनि ५६ सालको निर्वाचनमा शुन्य सिट ल्याए पछि उनी विलम्व नगरी एमालेमा फेरी फर्किए । त्यस पछि भने मार्जिनलाईज हुदै संघर्ष गर्दै आएका उनी माओवादी र एमालेको मिलन पछि बनेको नेकपाका उपाध्यक्ष भएका छन् ।

ठीक छ उनले आन्दोलन गरे भूमिका खेले त्यसको प्रशसा होला , कदर होला तर उनी पटक पटक आफू प्रधानमन्त्री हुनै पर्छ भनेर जिकिर गरीरहेका छन् । हुन पनि सो पार्टीमा रहेका सबै बरिष्ठहरु केपी ओली , प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपाल प्रधानमन्त्री भईसकेका छन् अब पालो मेरो हो भन्ने उनको दावी स्वभाविक पनि होला उनको पार्टीको तहमा । तर देशका लागि किन बामदेव नै चाहिने ? चुनाव हारेकालाई किन प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने भन्ने पनि छ ।

लौ ससदको निर्वाचन जितेर आएको भए, वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएको वा विरामी भएर छाडेको भए एउटा स्वभाविक प्रकृया हुन सक्थ्यो । तर बामदेवको मनोकाक्षा पूरा गर्नकै लागि भनेर संविधान शसोधन गर्ने ?

सरकारले गरेको काममा जनतालाई कहाँ चित्त बुझेको छैन ? के कमजोरी भएको छ त्यो सच्याउन तिर लागे हुदैन । जनताको मन जीत्न लागे हुदैन । प्रधानमन्त्रीकै लागि जन्मेका हुन् गौतम ? यस्ता यावत प्रश्न छन् ।

प्रधानमन्त्री हुन चाहिरहेका गौत्तमबारे पूर्व पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको टिप्पणी छ– जुन गोरूको सिंग छैन उसको नाम तिखे ?

बामदेवबारे बाबुरामको टिप्पणी- जुन गोरूको सिंग छैन उसको नाम तिखे ?

‘सत्ताधारी पार्टीको एजेन्डा चुनाव हारेको कुनलाई राष्ट्रियसभामा लैजाने ! तर, नाम कम्युनिस्ट रे, जुन गोरूको सिंग छैन उसको नाम तिखे ? बिहीबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

अचम्मको कुरा त के भयो भने गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर अनि प्रधानमन्त्री हुने बाटो खुल्ला गर्ने भने पछि त यसले प्रतिपक्ष, नागरिक समाज, जनता सबैमा असन्तुष्टी फैलाउने नै छ ।

बाबुराम भट्टराईले अपील गरे जस्तो स्थीर र शक्तिशाली सरकार बनाउनका लागि कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीका लागि सविधान ससोधन हुन सक्छ ।

समाजवाद लागू गर्न सविधान शसोधन गर्न सकिन्छ । नत्र वामदेवका लागि मात्रै सविधान ससोधन गर्ने कुराले नेकपाको अद्योगतिलाई थप प्रसय दिनेछ ।

१८ भदौ २०७७, बिहीवार १९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु