सिपिएलको पहिलो खेलमा सन्दीपको औसत प्रदर्शन

क्यारेबियन प्रिमियर लिग ९सिपिएल० अन्तर्गत नेपाली स्पिनर सन्दीप लामिछानेले यस सिजनको पहिलो खेलमा एक विकेट लिएका छन् ।
यस सिजनमा जमैका तल्लावाहबाट खेलिरहेका सन्दीपले सेन्ट लुसियाविरुद्धको खेलमा एक विकेट लिएका हुन् ।
२५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जड्रानलाई आउट गरेका हुन् ।
सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन दिएर एक विकेट लिएका छन् ।
टस हारेर पहिला ब्याटिंग गरिरहेको सेन्ट लुसियाले यो समाचार तयार गरुन्जेल १५ ओभरमा ४ विकेट गुमाएर १२२ रन बनाएको छ ।
३ भदौ २०७७, बुधवार २१:११ बजे प्रकाशित