‘फिङ्गर प्रिन्ट’ले ल्यायो ‘चाँहिदैन भो’ गीत

नविन निरौलाको लेखन तथा निर्देशन रहेको फिल्म ‘फिङ्गर प्रिन्ट’ १० फागुनबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ‘चाँहिदैन भो’ बोलको गीत सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालनी गरेको छ ।

दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उक्त गीत रोमानिटक शैलीमा तयार गरिएको छ । गीतमा कलाकार राज क्षितिज र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । 

आरआर फिल्मस्ले बितरण गर्न लागेको ‘फिङ्गर प्रिन्ट’ मेडिकल साइन्सको बिषयमा केन्द्रित रहेर निर्माण भएको छ । 
अनिल श्रेष्ठ (रोमन)निर्माता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । 

फिल्ममा आयुष्मा र राजका अलवा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाललगायतका कलाकारले अभिनय देख्न सकिन्छ । फिल्मले मनोरन्जको अलवा सामाजिक सन्देश समेत दिने निर्देशक नविनले बताए । 

१९ माघ २०७५, शनिवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु