‘लुट्न सके लुट कान्छा’ पशुपति शर्माको गीत पुन: युट्युवमा (भिडियोसहित)

२५ जेठ, काठमाडौं । पशुपति शर्माले गाएको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ । दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए ।

यसै साता उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् । त्यतिबेला गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि गीत हटाएका थिए ।

सो गीतमा वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ ।

गीत हेर्नूहोस :

२५ जेठ २०७८, मंगलवार १६:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु