सुदूरपश्चिममा एमाले इन्चार्ज लेखराज भट्टले आज पनि खाए झापड !

इन्चार्जको हैसियतले उनले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । तर, प्रदेश संसदीय दलले जारी छ भन्यो ।
उनले सरकार छोड भने तर, प्रदेश संसदीय दलले ‘तिमीले भन्दा छाड्ने हो ? भनेर उल्टै प्रश्न गर्यो ।
मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न भट्टले निर्देश गरे । मुख्यमन्त्रीलाई मत दिन्छौं भनेर प्रदेश संसदीय दलले औपचारिक निर्णय नै गर्यो ।
यो सबको पछाडि मुख्यमन्त्रीको ब्याक फोर्स भनेको नेपाली कांग्रेस र माधव नेपाल समूह हो ।
प्रदेश सरकार ढाल्न दिदैनौं, कम्युनिष्टको मत पुगेन भने मुख्यमन्त्रीलाई मत दिन्छौं भनेर कांग्रेसले भन्यो । माधव नेपाल समूहले त मतदान गर्ने करा भइहाल्यो ।
अन्ततः झण्डै दुईतिहाइ मतका साथ मुख्यमन्त्रीको आगामी यात्रा अगाडि बढेको छ ।
२५ जेठ २०७८, मंगलवार १५:३७ बजे प्रकाशित